Ad image

शिक्षा क्षेत्रमा रोल्पाले बिस्तारै विकास गर्दै छ- उपप्रध्यापक सुन्दर गौतम

मालश्री खबर
मालश्री खबर १५ पुष २०७९, शुक्रबार
3 Min Read
Aa

बिनोद श्रेष्ठ / मालश्री खबर, पुस १५, रोल्पा ।

शिक्षा क्षेत्रमा रोल्पाले बिस्तारै बिकास गर्दै गरेको महेन्द्र बहुमखी क्याम्पस घोराही दाङका उपप्रध्यापक सुन्दर गौतमले बताउनु भएको छ । यँहाका बुद्धिजिवी, राजनैतिक दल, समाजसेवि पत्रकार एक जुट भएर शैक्षिक क्षेत्रमा लागेको हुनाले नै जिल्ला शिक्षा क्षेत्रमा विकास हुर्दै गरेको आफुले पाएको गौतमले थप्नु भयो । भोलिका दिनमा रोल्पाले पनि शिक्षा क्षेत्रमा ठुलो फड्को मार्ने समेत बताउनु भएको छ । कार्यक्रम मालश्री संबादमा पत्रकार लोकेन्द्र चन्द सँग बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

रोल्पाले राज्य व्यवस्था परिवर्तनका लागि ठुलो भुमिका खेलको बताउँदै आफु शिक्षा क्षेत्रमा निरन्तर लागेको अहिले २५ बर्ष भएको समेत बताउनु भयो । आफ्नौ यो शैक्षिक यात्राको २५ बर्षको दौडानमा राल्पा बाट राष्ट्रिय राजनितीमा पुगेका,  राष्ट्रको महत्वपुर्ण पद उपराष्ट्रपटी, सभामुख र मन्त्रि जस्ता ठुला पदमा पुगिसकेका केहि ब्यतिहरु पनि दाङ झरेर महेन्द्र बहुमुखि क्याम्पसमा उच्च शिक्षा हासिल गरेको समेत बताउनु भयो ।

उहाँले रोल्पा शैक्षिक क्षेत्रमा पछि पर्नुको खास कारण उच्च शिक्षा हासिल गर्नको लागि जिल्ला बाहीर जानु पर्ने बाध्यताको कारणले पनि यस्तो अवस्था आउनु परेको बताउनु भएको छ । अहिले रोल्पामा पनि बिकास योजनामा फड्को मार्ने क्रममा रहेको बताउदै उपप्रध्यापक गौतमले जिल्ला राम्रो सडग पुर्वाधार, स्कुल, कलेजको विकास भइरहेको आफुले पाएको समेत बताउनु भयो ।

- Advertisement -
Ad image

पहिलेको रोल्पा र अहिलेको रोल्पामा धेरै भिन्नता पाएको उहाँले बताउनु भयो । अहिले जसरी जलजला बहुमुही क्याम्पसले स्नातकोत्तर अध्ययन सञ्चालन गर्नको लागी पहल गरि राखेको छ यो क्याम्पसको लागी मात्रै नभई सारा रोल्पालीहरुकै लागी महत्वपुर्ण भुमिका रहेको समेत बताउनु भएको छ ।

क्याम्पस आंगिक भईसकेको कुरा बताउदै अब क्याम्पसलाई स्थानिय तह, प्रदेश र संघसँग जोडेर सबैले यसलाई संरक्षण गर्नु पर्ने दायीत्व भएको उहाँको भनाई छ । रोल्पा स्नातोत्तर पढाई सञ्चालन पछि रोल्पाले मात्र होइने छिमेकी जिल्ला प्यूठान, सल्यान र रुकुमलाई समेत फाइदा पुग्ने उँहाले बताउनु भयो । आय आर्जन न्यून भएका व्यतिलाई यस बाट ठुलो आर्थिक राहत पुने समेत बताउनु भएको थियो ।

सबैलाइ नभइ नहुने सबैलाइ आबश्यक पर्ने शिक्षा क्षेत्रमा सबैको ध्यान जान जरुरी रहेको समेत उहाले बताउनु भयो । उँहाले पहिले – पहिले रोल्पा आँउदा हिडेर आफ्नोे खुट्टामा फोका उठेको बताउदै २५ बर्ष पछि अहिले रोल्पा आउदा र अहिले रोल्पाको धेरै परिबर्तन भएको रोल्पा देख्न पाउदा आफुलाइ निकैै खुशि लागेको बताउनु भयो । मालश्री संवादकै क्रममा बोल्दै गौतमले जो मानिसले सधै सकारात्मक सोच राख्दछ, अर्काको कुभलो चाहदैन् त्यस्तो मानिस नै समाज असल मानिस हुने बताउनु भएको छ ।

जुन सुकै काम गर्दा पनि सकारात्मक सोेच र उर्जाको साथमा गर्न सकेम स्वयम व्यति र समाजको समेत आफै भलो हुने भएको हुनाले सबैले आजै बाट हरक्षणमा सकारात्मक सोच राख्न र उर्जासिल भएर इमान्दारी पुर्बक लाग्न सुझाव समेत दिनु भएको छ । उहाँ कर्ण सकारात्मक कोषको दाङ जिल्ला सम्योजक, महेन्द्र बहुमखी क्याम्पस घोराही दाङका उपप्रध्यापक, त्रिभुवन विश्व विद्यालयका प्रध्यापक संघका केन्द्रिय सदस्य, दाङ भ्याली कलेज घोराही दाङका संस्थापक प्राचार्य, लेखक तथा साहित्यकार समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array