Ad image

बैंक तथा वित्तिय संस्थाबाट भएको व्याजदर वृद्धि तथा नेपाल राष्ट्र बैंकद्वारा जारी चालू पुँजी कर्जा निर्देशिकाका विरोधमा रोल्पामा हस्ताक्षर अभियान सुरु

मालश्री खबर
मालश्री खबर १५ पुष २०७९, शुक्रबार
3 Min Read
Aa

मालश्री खबर, पुस १५, रोल्पा । बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याज तथा ज्यादतीका विरुद्धमा रोल्पा उद्योग बाणिज्य संघ रोल्पाको अगुवामा हस्ताक्षर अभियान थालिएको छ । आज शुक्रबार १५ गते बिहान टुडिखेल बजार देखि सात्ताले खोला सम्म हस्ताक्षर संकलनमा एक्यवद्धता जाहेर गर्दै स्थानीय ब्यापारीहरुले हस्ताक्षर भियान सञ्चालन गरेका थिए । वित्तिय संस्थाहरुको चर्को ब्याजदरको मारमा स्थानीय जनाताको उठिबास हुने उद्योगि व्यापारीहरुले बताएको छन् । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा देशभर चर्को ब्याज तथा ज्यादतीका विरुद्धमा हस्ताक्षर अभियान शुरु गरिएको रोल्पा उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

उक्त अभियानमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य किशोर कमार आचार्य, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष केशवकुमार आचार्य, निवर्तमान अध्यक्ष विश्वकुमार चन्द, रोल्पा उद्योग बाणिज्य संघका कर्मचारीहरु , व्यापारी, लगायतको सहभागिता रहेको थियो । केन्द्रीय सदस्य किशोर कुमार आचार्यबाट हस्तताक्षर अभियानको सुरुवात गरिएको बताइएको छ । हस्ताक्षर अभियान पौष २२ गते सम्म जारी रहने समेत बताइएको छ । हस्ताक्षर अभियानमा रोल्पा जिल्ला भरका सम्पर्ण व्यापारिहरुको हस्ताक्षर संकलन गरिने रोल्पा उद्योग वाणिज्य संघले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।

   
नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन् बिग्रन थालेको स्थानीयहरुले गुनासो रहेको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना–साना ऋणीहरू सबैभन्दा बढी मर्कामा परेको रोल्पा उद्योग वाणिज्य संघको ठहर छ । राष्ट्र बैंकबाट जारी भएको चालू पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशिका २०७९ को मस्यौदाबाट चालू पुँजीलाई कडाइ गर्ने संकेत देखिएको भन्दै यसले व्यापार सहजीकरण तथा लगानी मैत्री वतावरणमा गम्भिर असर गर्ने रोल्पा उद्याृेग वाणिज्य संघले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको अधिकांश नीतिहरू बैंक तथा वित्तिय संस्थाबाट भएको व्याजदर वृद्धि तथा नेपाल राष्ट्र बैंकद्वारा जारी चालू पँुजी कर्जा निर्देशिकाका विरोधमा हस्ताक्षर सुरु भएको छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर कुमार आचार्यले यो कार्यक्रम १५ देखि २१ गते सम्म बिभिन्न जिल्ला स्तरीय कार्यक्रम गर्ने २१ गते भन्दा पछाडि केन्द्रमा नै कडा रुपमा कार्यक्रमहरु आयोजना गरिने समेत बताउनुभएको छ ।

- Advertisement -
Ad image

उद्योग व्यवसायलाई सहज ढंगले सञ्चालन गर्नका लागि लचिलो नीतिको अपेक्षा विपरित कर्जा विस्तारको लक्ष्य समेत घटाउँदा अर्थतन्त्र नै संकुचनमा पर्ने रोल्पा उद्योग वाणिजय संघले जनाएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनु पर्ने भएपनि मौद्रिक नीतिका कारण संकुचन आउन सक्ने र यसले रोजगारीमा समेत असर गर्ने रोल्पा उद्योग वाणिज्य संघको ठहर छ । केन्द्रीय बैंकले मुद्रास्फिती घटाउन संकुचित मौद्रिक नीति ल्याएको भनेपनि आपूर्ति प्रणालीमा हुने अवरोधका कारण समग्रमा मुल्य वृद्धि अझै बढ्न सक्ने रोल्पा उद्योग वाणिज्य संघको भनाइ रहेको छ । कोभिड महामारीमा दिएको सुविधा कटौती गरी अत्यावश्यक क्षेत्रलाई मात्र पुर्नकर्जा दिने व्यवस्थामा यसलाई नीतिगत लचकता सहित सुरक्षित अवतरण गर्नुपर्नेमा रोल्पा उद्योग वाणिज्य संघले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array