Ad image

रोल्पामा तत्काल स्नातकोत्तर पढाई संचालनमा ल्याउनु पर्छ पुर्ब सांसद लेखनाथ आचार्य

मालश्री खबर
मालश्री खबर १४ पुष २०७९, बिहीबार
8 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, पुस १४ , रोल्पा ।
आम रोल्पालीका छोरा छोरीहरुले रोल्पामा गुणस्तरीय स्नाकोत्तर शिक्षा अध्ययन गर्नको लागी तत्काल स्नातकोत्तर पढाई संचालनमा ल्याउनु पर्ने पुर्ब सांसद लेखनाथ आचार्यले बताउनु भएको छ । जलजला बहुमुखि क्याम्पस लिबाङ रोल्पाले बिहिबार रोल्पाको सदरमुकाम लिबाङमा स्नाकोत्तर तह सञ्चालनार्थ सम्भाव्यता अध्ययन सम्बन्धी सर्वपक्षीय छलफल तथा जलजला जर्नल विमोचन कार्यक्रममा पुर्व सांसद आर्चायले सो कुरा बताउनु भएको हो ।

अधिकांस रोल्पालीहरुको आर्थिक अवस्था कम्जोर भएको कुरा बताउदै पुर्ब सांसद आचार्यले रोल्पाली सबैले उच्च शिक्षा मास्तर डिग्री हासिल गर्नको लागी जिल्ला बाहिर जान नसक्ने अवस्था भएको हुनाले पनि तत्काले स्नाकोत्तर शिक्षाको पढाई रोल्पामा शुरु गर्नु पर्ने बताउनु भयो । त्यस्तको लागी रोल्पाली सबै एक भएर लाग्न समेत सबैलाई आग्रह गर्नु भएको छ ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी मध्यपश्चिम बिश्व बिद्यालयका डिन लिलाधर तिवारीले रोल्पा जिल्लामा रहेको जलजला बहुमुखि क्याम्पस मध्यपश्चिम विश्व विद्यालयको सबै भन्दा कान्छो आंगिक क्याम्पस भएको बताउनु भएको छ । मध्यपश्चिम विश्व विद्यालयको रुपा मन्यता प्राप्त गर्ने जम्मा १० ओटा क्याम्पस रहेको उहाँको भनाई छ । सबै भन्दा कान्छो आंगिक क्याम्पस भएतापनि छिट्टै मास्टर डिग्रीको कार्यक्रस मञ्चालन गर्न लागेकोमा जलजला बहुमुखि क्याम्पस परिवारलाई तिवारीले बधाई समेत दिनु भयो । क्याम्पसको सर्वागिंन बिकासको लागि साथ र सहयोग गर्ने रोल्पा जिल्लाका सम्पुर्ण स्थानिय तहलाई धन्यबाद ज्ञापन गर्नु भयो । क्याम्पस आंगिक भईसकेको कुरा बताउदै अब क्याम्पसलार्य स्थानिय तह, प्रदेश र संघसँग जोडेर सबैले यसलाई संरक्षण गर्नु पर्ने दायीत्व भएको तिवारीको भनाई छ । क्याम्पस सरकारी भई सक्यो अब क्याम्पसलाई सरकारले नै हेर्छ भन्ने मान्यता राखेमा क्याम्पसको गुणस्तरीयता खस्कने बताउनु भयो ।

- Advertisement -
Ad image

क्याम्पसलाई समुदायसँग जोडि अगाडि बढ्नु पर्ने तिवारीले बताउनु भयो । क्याम्पसको भौतिक पुर्वाधार निर्माण गर्नको लागि सबै क्याम्पसले गर्न नसक्ने बताउदै डिग्री सञ्चालनको लागि महयज्ञ सञ्चालन गरेर यहाँ सम्म आई पुगेकोमा खुसि समेत व्यक्त गर्नु भयो । डिग्री सञ्चालनको लागि क्याम्पसले बनाएको उक्त योजना उक्तम भएको उहाँले बताउनु भयो । गरिब, अशिक्षित र शिक्षामा कम पहुँच भएका विद्यार्थीहरुलाई शिक्षामा पहुँच पु¥याउने उद्देयले मध्यपश्मि विश्व विद्यालय वि.संस २०६७ सालमा स्थापना भएको थियो । रोल्पा पनि शिक्षाको दृष्टिकोणबाट पछाडि परेको हुनाले विभिन्न राजनितिक दलहरुको पहलमा यस क्याम्पसलाई आंगिक क्याम्पस बनाउनु सफल भएको बताउनु भयो ।

सर्टिफिकेटमा मात्र सिमित नभई अबको शिक्षा देश विकासको लागि र दक्ष जनशक्ति उत्पादन गर्नको लागि भएको उहाँको भनाई छ । सर्टिफिकेटमा मात्र योग्य विद्यार्थी उत्पादन नगरि जुन क्षेत्रको अध्ययन गरिरहेको छ त्यहि क्षेत्रमा उपयोग हुने गरि जनशक्ति उत्पादन गर्नु अबको आवश्यकता रहेको औल्याउनु भयो । रोल्पा जिल्लामा अध्ययन गरि ग्लोवल मार्केटमा पनि प्रतिशपर्धा गर्ने गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन गर्न सक्ने क्षमता क्याम्पसले राख्नु पर्ने धारणा व्यक्त गर्नु भयो । जिल्लामा चाहिने दक्ष जनशक्ति आफ्नै ठाउँबाट उत्पादन गर्न सके जिल्लाको थप विकास गर्न सहज हुने तिवारीको भनाई छ ।

स्नातकोत्तर अध्ययनको लागि भौतिक पुर्बाधार, अध्यापन गर्ने जनशक्ति र सबैको साथ सहयोग भए पनि दिगो रुपमा संचालन हुने गरि अगाडि बढ्न आग्रह गर्नु भयो । विद्यार्थी खोजेर हिड्नु पर्ने अबस्था, अध्यापन गराउने शिक्षक भन्दा विद्यार्थी कम भएमा त्यसको कुनै औचित्य नहुने बताउनु भयो । तसर्थ स्नातकोत्तर अध्यन गर्न विद्यार्थी कहाँ कहाँ बाट आउछन्, कति विद्यार्थी हुन्छन् लगायत अन्य कुराहरुको पुर्वानुमान गर्नु पर्ने उहाँको भनाई छ । स्नातकोत्तर सञ्चालनको लागि आम्दिानीको स्रोत प¥याप्त हुन पर्ने बताउनु भयो । स्नातकोत्तर सञ्चालन गर्नको लागि दक्ष शिक्षको आवश्यक पर्ने उहाँको भनाई छ । जिल्लमा दक्ष तथा अनुभवी शिक्षकको लागि उनिहरुलाई सोहि अनुरुप सेवा सुविधाको व्यवस्था गर्नु पर्ने पाटो पनि चुनौति रहको तिवारीले जानकारी दिनु भयो । यी सबै कुराको पुर्ति गर्नको लागि विभिन्न स्थानिय तह, प्रदेश र संघसँग समन्वय गर्नु पर्ने तिवारीको भनाई छ । अब सरकारको महत्वपुर्ण जिम्मेवारी भनेको शिक्षा र स्वास्थ्यमा बढी भन्दा बढी लगानी गर्नु पर्ने बेला आएको जिकिर गर्नु भयो ।

साेही कार्यक्रमका अर्का बिशिष्ट अतिथि जिल्ला समन्वय समिती रोल्पाका उपप्रमुख कर्मलाल परियारले रोल्पामा छिट्टै स्नातकोत्तर र शिक्षा अध्ययन गर्ने क्याम्पस स्थापना हुनु भनेको आम रोल्पाहरुको खुशिको कुरा भएको बताउदै बताउनु भएको छ । उपप्रमुख परियारले त्यस्को लागी जिल्ला समन्वय समिती रोल्पाले जस्तो सुकै समन्वय कारी भुमिका खेल्न पनि तयार भएको समेत बताउनु भएको छ । यसको लागी सबै सरोकार पक्षहरु लाई आज बाटै लाग्न समेत आग्रह पर्नु भएको छ ।

कार्यक्रमका अर्का बिशिष्ट अतिथि रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापाले स्नातकोत्तर सञ्चालन पढाई सञ्चालन गर्नको लागी जलजला क्याम्पसले पहल गर्नु राम्रो कुरा भएको बताउनु भएको छ । जलजला क्याम्पसमा स्नाकोत्तर तहको पढाई सञ्चालन गर्नको लागी रोल्पा नगरपालिकाले पनि आफ्नो तर्फ बाट सके जती सहयोेग गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।

साेही कार्यक्रमका अर्का बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले रोल्पा जिल्ला आफैमा एक फरक इतिहास बोकेको जिल्ला भए पनि अहिले सम्म स्नातकोत्तर पढाई हुने एउटा पनि म्याम्पस नहुन आफैमा दुःखद कुरा भएको बताउनु भएको छ । अब रोल्पामा पनि डिग्री कक्षा सञ्चालन गर्नको लागी सबै एक भएर लाग्न समेत सुझाब प्रमख जिल्ला अधिकारी सापकोटाले सुझाब दिनु भएको छ । जसरी जलजला बहुमुखि क्याम्पसले स्नाकोत्तर अध्ययन सञ्चालन गर्नको लागी अहिले पहल गरि राखेको छ यो क्याम्पसको लागी मात्रै नभई सारा रोल्पालीहरुकै लागी महत्वपुर्ण भुमिका रहेको समेत बताउनु भएको छ । रोल्पा स्नाकोत्तर पढाई सञ्चालन पछि रोल्पाले मात्र होइने छिमेकी जिल्ला प्यूठान, सल्यान र रुकुमलाई समेत फाइदा पुग्ने प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनु भयो ।आय आर्जन कम्जोर भएका व्यतिलाई यस बाट ठुलो आर्थिक राहत पुग्ने समेत बताउनु भएको थियो ।

कार्यक्रमका नेपाली कांग्रेस रोल्पाका पाटी सभापती किशोर कुमार आचार्य, नेकपा एमाले लुम्बिनी प्रदेस सदस्य घनश्याम आचार्य, नेकपा माओबारी रोल्पा नगरपालिका इन्चार्ज फबिन्द्र आचार्य, नेपाल कम्यनिष्ट पाटीका बैकल्पिक केन्द्रिय सदस्य शन्तोष शर्मा, जलजला क्याम्पस रोल्पाका पुर्ब व्यवस्थापन समिती सदस्य प्रेम प्रकाश हमाल, महेन्द्र बहुमुखि क्याम्पस घोराही दाङका उपप्रध्यापक तथा साहित्यकार सुन्दर गौतम, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, पुर्ब अध्यक्ष तथा बिष्लेशक खेमबहादुर बुढा, स्वास्थ्य कर्मि तथा नागरिक अगुवा कुलबहादु डाँगी, रिर्सच प्रसन भोलानाथ आचार्य लगाएतले जलजला क्याम्पस लिबाङ रोल्पाका स्नातकोत्तर पढाई सञ्चालनको लागी सबै एक भएर लाग्नु पर्ने कुरा बताएको थिए । त्यस्को लागी सबैले सकारात्कम सल्लाह सुझाब सहित अघि बढ्नु पर्नेमा जोड् दिएको थिए ।

जलजला बुहुमुखि क्याम्पस लिवाङ रोल्पाका क्याम्पस प्रमुख खेम बहादुर खड्को अध्यक्षतामा भएको कार्यक्रमको संचालन जलजला बहुमुखि क्याम्पस रोल्पाका उप प्रध्यापक गोर्कण पुनले गुर्न भएको जलजला बहुमुखि क्याम्पस रोल्पाले जानकारी दिएको छ । कार्यक्रममा जलजला बहुमुखि क्याम्पस रोल्पाका क्याम्पस प्रमुख खेमबहादुर खड्काले स्नातकोत्तर तह कक्षा सञ्चालनार्थ सम्भाव्यता अभ्ययन प्रतिबदेन समेत प्रस्तुत गर्नु भएको थियो ।
जलजला बहुमुखि क्याम्पस रोल्पाले पहिलो पटक प्रकाशन गरेबको जलजला कर्नर पुस्तकको समिक्षा क्याम्पसको उप प्रध्यापक कमल खड्काले गर्नु भएको थियो । पहिलो पटक प्रकाशन भएको पुस्तकमा धेरै कुराहरु राम्रो भए पनि अझै थप व्यवस्थित र प्रभाबकारी बनाउनु पर्ने सुझाब राख्नु भएको थियो । कार्यक्रमका नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापती एंव समाजसेवी कृष्ण बहादुर घर्तिमगर, मध्यपश्चिम बिश्व बिद्यालयका प्रिन्सिपल जेबी रोका, मध्यपश्चिम बिश्व बिद्यालयकी बिभागिय प्रमुख प्रतिभा खड्का, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका निबर्तमान अध्यक्ष महेश न्यौपाने लगाएत बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, जलजला बहुमुखि क्याम्पसका प्रध्यापकहरु, बिद्यार्थि र अन्य सरोकारवाला पक्षहरुको सहभागीता रहेको थियो ।

     

प्रतिक्रिया दिनुहोस्

Array