Ad image

पहिलो पटक बस पुग्दा स्थानीय हर्षित

मालश्री खबर
मालश्री खबर १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर/ मालश्री खबर, पुस १४ , रोल्पा ।  तुल्सिपुर दाङबाट पुष १३ गते बुधबारका दिन गङगादेब गापाको वडा नं.७ जायचौर देखि तिमिले धप्री हुदै माडी गापाको वडा नं.३ हिलेमा पहिलो पटक यात्रुबाहक बस पुगेको हो। बसका धनी टंक बहादुर ओली र चालक युवराज डाँगीलाई तिमिले धप्रीका महिला आमा समूह र हिम शिखर युबा क्लब लगायत माडि गाउँपालिकाको न्यूभीजन प्रगतिशील युवा क्लब र स्वास्थ्य जनचेतना आमा समूह माडी ३ हिलेले फूल,माला र अबिर लगाएर भव्य रूपमा स्वागत गरेका थिए।पहिलो पटक रा १ ख १९१२ नम्बरको बस घर नजिकैको ग्रामीण सडकमा पुग्दा स्थानीयहरु हर्षित भएको गंगादेव गाउँपालिका ७ का वडा अध्यक्ष प्रेम प्रकाश केसीले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array