Ad image

रोल्पा १ महिने कपाल काट्ने तालिम सुरु

मालश्री खबर
मालश्री खबर १३ पुष २०७९, बुधबार
2 Min Read
Aa

मालश्री खबर, पुस १३ , रोल्पा । घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको आयोजनामा पुरुषहरूको लागि १ महिने कपाल काट्ने तालिम शुरु भएको छ । औद्योगिक लगानी र पुर्वाधार समृद्धि बलियो आधार भन्ने मुल नाराका साथ नेपाली नागरिकबाट सैलुन सञ्चालन गर्न सीप विकास तालिम कार्यक्रम अन्तर्गत १ महिने कपाल काट्ने तालिम बुधबार आजबाट सुरु भएको हो ।

तालिमको उद्घाटन जिल्ला समन्वय समिती रोल्पाका उपप्रमुख कर्मलाल परियारले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समवन्य समितीका उपप्रमुख परियारले पुरुषहरुलाई आत्मनिर्भर बनाउन तालिम दिन लागेको बताउनुभएको छ । उहाँले सीप लाई ब्यवहारमा लैजान र आय आर्जनमा जोड्न सुझाब दिनुभएको छ । सीप लिएर घरमा बस्नलाई तालिममा नआउन आग्रह गर्दै तालिमबाट सिकोको सिपलाई आए मुलक कार्यमा लाग्न आग्रह गर्नुभएको छ ।

सिकेको सिपले स्वदेशमा काम गर्नुपर्ने बताउदै उहाँले बैदेशिक रोजगारिमा जान समेत यस तालिमले सहयोग पुग्ने बताउनुभएको छ । सिकेको सिपले रोलपाको आर्थिक क्रान्तीमा परिवर्तन हुने उहाले बताउनुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख तथा कार्यक्रमका अध्यक्ष ताराप्रसाद शर्माले कपाल काटेरै राम्रो कमाइ हुने भएकाले तालिमको आयोजना गरेको बताउनु भएको छ ।

कार्यालयका कम्प्युटर अपरेटर टिकाराम घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालक किरण अधिकारीले गर्नुभएको थियो ।तालिममा १८ जना पुरुषको सहभागीता रहेको छ । तालिमको प्रशिक्षकमा बुद्धिराम परियार रहनु भएको कार्यालयले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array