Ad image

लिबाङमा निःशुल्क सिलाइ कटाई तालिम सुरु

मालश्री खबर
मालश्री खबर १३ पुष २०७९, बुधबार
2 Min Read
Aa

मालश्री खबर, पुस १३ , रोल्पा । रोल्पा सदरमुकाम लिबाङमा निःशुल्क सिलाइ कटाई तालिमको सुरुवात गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको आयोजनामा तालिमको सुरुवात गरिएको हो । मंगलबार बाट सुरु हुने तालिम २ महिना सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । प्रमुख अतिथीको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले तालिममा लगनशील भएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपलाई दैनिक ब्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले “हामी सबैसँग क्षमता छ आँफूसँग भएको क्षमतालाई सकारात्मक पाटोमा प्रयोग गर्दै सिपलाई आर्थिक गतिविधीमा जोड्नु पर्ने बताउनु भएको थियो । उहाले क्षमता लुकाएर नभई प्रयोगमा ल्याएर आर्थिक विकास तर्फ लाग्न आग्न आग्रह गर्नु भएको छ ।

तालीम पश्चात ब्यवसायिकरुपमा उत्पादन भएका सामग्रीहरुले बजार नपाएमा घरेलु तथा साना उद्योग कार्यालय रोल्पाले सहजीकरण गर्न समेत उहाले आग्रह गर्नु भएको छ । सिलाई कटाई सम्बन्धी नि.शुल्क तालिम दिएर स्वरोजगार बनाउने प्रयास गरेकोमा कार्यालयलाई धन्यवाद समेत ब्यक्त गर्नु भएको छ ।

संस्थागतरुपमा दक्ष कामदार उत्पादन गर्ने उद्धेश्यले २ महिने निशुल्क सिलाई कटाई तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय रोल्पका कार्यालय प्रमुख तारा प्रसाद शर्माले बताउनुभयो । ब्यवहारीक सीप सिक्ने यो एउटा महत्वपूर्ण अवसर भएकाले तालिममा सकृय भएर लाग्न समेत कार्यालय प्रमुख शर्माले आग्रह गर्नु भएको छ ।

- Advertisement -
Ad image

सिकेको ब्यवहारीक सिपलाई ब्यवसायसंग जोड्न समेत उहाँले आग्रह गर्नु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख ताराप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा रहनु भएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका टिकाराम घर्तीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सोही कार्यालयका किरण अधिकारीले गर्नु भएको थियो । तालिमको प्रशिक्षकका रुपमा मनबहादुर नेपाली र सुस्मिता चौधरी रहनु भएको घरेलु तथा साना उद्योग कार्यालय रोल्पाले जनाएको छ । तालिममा कोट, पाइन्ट र सर्ट सिलाउन सिकाइने छ । सिलाकाइ काटाइ ब्यवसाय गरिरहेकाहरुलाई यो तालिम दिइरहेको घरेलु तथा साना उद्योग कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array