Ad image

साउदीमा अलपत्र परेका साउने कामीको उद्धारको लागी अन्तराष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाद्धारा सहयोगको अपिल

मालश्री खबर
मालश्री खबर १२ पुष २०७९, मंगलवार
3 Min Read
Aa

उमा बस्नेत / मालश्री खबर, पुस १२ , रोल्पा ।

साउदीमा अलपत्र परेका साउने कामीको उद्धारको लागि अन्तराष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाले सहयोगको अपिल गरेको छ । सुनछहरी गाउँपालिका फगाम रोल्पा घर भई हाल बैदेशिक रोजगारीको शिलसिलामा साउदी अरबको डमाम भन्ने शहरमा कामीले करीब १८ महिना देखि काम गर्र्दै आएका छन् । कामीे ४ महिना कम्पनिमा काम गर्दा गर्दै सवारी दुर्घटनामा पुर्न भयो ।

करिब एक महिना सम्म कम्पनीको कोठामै बसेर कामीले आफ्नो स्वास्थ्य उपचार गराउदै आउनु भएको थियो । त्यसै क्रममा कार्यरत कम्पनीले गाली ग्लोज, धम्की, डर, त्रास देखाई उपचारको कुनै सेवा सुविधा र खर्च नदिई तलबमा पनि रोक लगायो । त्यस्तो हालतमा कामीले मेपावार कम्पनीमा खबर गर्नु भयो । तर मेनपारव कम्पनीले कुनै वास्ता नगरेपछि पडित कामी कोठा छोडेर बाहिर निस्कनु भयो ।

- Advertisement -
Ad image

बाहिर निस्केर कामीले अरुनै कम्पनीमा इलिगल काम गर्न थाल्नु भयो । त्यो कुरा थाहा पाएर कामीलाई कम्पनीले १५ हजार रियाल नेपाली रुपैयाँ ४ लाख ६० हजार जरिवाना तिर्न लगायो । साउदिमा कुनै पनि ब्यक्ति आफ्नो कम्पनी संझौता भए अनुसार सो कम्पनीमा काम नगरेमा र भागेर काम गरेमा जरिवाना तिराउने त्यहाँका कम्पनीहरुको व्यवस्था अनुरुप कामीलाई पनि अन्य कुनै कम्पनीमा काम गर्ने अनुमति दिएन । त्यस पश्चात कामी करिब २ महिना अलपत्र भई रोडमा भौतारिरहनु भयो । अलपत्र भइ रोडमा भौतारिरहेको अबस्थामा रोल्पाका कमानसिङले आफ्नो होटलमा आश्रय दिईरहनु भएको छ ।

कामीलाई नेपाल सम्म फर्काउनको लागी दुताबास मार्फत पहल गर्दा पनि बेवास्ता गरेको उहाँको भनाई छ । कामीलाई नेपाल फर्काउनको लागि परिवारको अवस्था निकै कमजोर भएकाले थप समस्या परिरहेको छ । १५ हजार रियर तिरेपछि मात्र कामीलाई नेपाल फर्कने वातावरण मिल्नेछ । कामी अलपत्र परेको खबर रोल्पाली सेवा समाजलाई आएको सेवा समाज साउदी शाखाका अध्यक्ष महेन्द्र घर्तिले बताउनु भयो । कामीलाई नेपाल फर्काउनको लागि  ५ लाख १० हजार रकम आवश्यक पर्ने घर्तिले जानकारी दिनु भयो ।

अब कामीलाई नेपाल फर्काउनको लागि समग्र नेपाली लाग्नु पर्ने हुन्छ । तसर्थ कामीलाई नेपाल फर्काउनको लागि रोल्पाली सेवा समाजले आर्थिक रकम सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । सहयोग गर्न चाहने इच्छुक व्यक्तिले पिडीतको सम्पर्क नम्बर ०५७३४९५१७३ मा र पिडितको नेपालमा रहेकी श्रीमती दिलमाया कामीको सम्पर्क नम्बर ९८२९५४७१९४ र ९८२२८६१५९४ मा सम्पर्क गरेर सहयोग गर्न सकिने समेत बताइएको छ ।

  

प्रतिक्रिया दिनुहोस्