Ad image

माओवादी केन्द्रले बाचा बिर्सिएर गठबन्धन तोडेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश पार्टी सभापति :-पुन

मालश्री खबर
मालश्री खबर १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, पुस ११ , रोल्पा । संविधानको रक्षा, स्थायीत्व र प्रतिगमनविरूद्ध मिलेर आन्दोलन गरेको माओवादी केन्द्रले बाचा बिर्सिएर गठबन्धन तोडेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश पार्टी सभापती अम्मरसिंह पुनले बताउनु भयो । सत्ता गठबन्धनमा नेपाली काँग्रेस पार्टी इमानदारिताका साथ अगाडि बढेको बताउदै आफु पराजित हुँदा हुँदै पनि रोल्पाबाट निर्वाचित सांसद लाइ बधाई तथा धन्यावद दिँदै गठबन्धनलाई क्षती हुन नदिइ आफुले संघर्षका साथ काम गर्दा राजतिनिक स्थिरता बिग्रिन गइ गठबन्धन टुटेको उहाँको भनाई रहेको छ । मालश्री संबादमा पत्रकार गणेश केसी संगको कुराकानीमा उहाँले सो कुरा बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै उहाँले गठबन्धन हुँदा नेपाली काँग्रेसले कतिको सहयोग ग¥यो, के काम ग¥यो, यसको लेखाजोखा राख्न समेत उहाँले बताउनुभयो । खेल खेल्नका लागि मैदानमा गए पछि हार जित स्वाभाविक हो, त्यस कारण हार्दा पनि चिन्तित नभएको बताउँदै, राजनितिक बेमानी भएको प्रति धोका भएको बताउनु भयो ।

सभापति पुनले पार्टी नेतृत्वको अदूरदर्शीताका कारण हातमा आएको जिम्मेवारीबाट विमुख हुनुपरेको प्रतिक्रिया दिए । ‘गठबन्धन गरिसकेपछि गठबन्धनमा रहेका दलहरूको अस्तित्व स्वीकार गर्न नसक्नु र उनीहरूलाई एकीकृत गरेर राख्न नसक्नु नेतृत्वको ठूलो कमजोरी हो,’ पुनले भने । गठबन्धन गरिसकेपछि भागबण्डा मिलाउन र उनीहरूलाई मिलाएर राख्ने जिम्मेवारी नेतृत्वको रहेपनि उक्त जिम्मेवारीबाट नेतृत्व चुकेको उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्