Ad image

आर्थिक अवस्था कमजोर भएकाहरुलाई आँखा शिविरले ठुलो राहत पुगेको:- प्रमुख जिल्ला अधिकारी सापकोटाको भनाई

मालश्री खबर
मालश्री खबर ११ पुष २०७९, सोमबार
2 Min Read
Aa

मालश्री खबर, पुस १० , रोल्पा । रोल्पा जिल्लामा अन्य समस्या भन्दा स्वास्थ्यमा बढी समस्या देखिने गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभएको छ । मोतियाविन्दु बिरामीहरुका लागि सञ्चालित ३ दिने नि.शुल्क शल्यक्रिया शिविर समापन तथा समिक्षात्मक कार्यक्रममा बोल्दै अधिकारीले यस्तो कुरा बताउनु भयो । आर्थिक अबस्था राम्रो भएका व्यक्तिले जिल्ला बाहिर गएर उपचार गराउने तर आर्थिक अवस्था कम भएकाहरुले रोगलाई च्यापेर नजिकैको अस्पताल सम्म पनि नजाने गरेको बताउनु भयो । जिल्ला भर आँखाका समस्या भएका बिरामीहरु झनै बढी रहेको उहाँको भनाई छ ।

जिल्ला सामुदायीक आँखा केन्द्र र नेपाल रेडक्रस रोल्पा शाखाले आयोजना गरेको यस शिविरल आर्थिक अवस्था कमजोर भएकाहरुका लागि लाभदायक रहेको बताउनु भयो । रोल्पा जिल्लामा ४ सय जनाले आँखाको चेक जाँच गर्न सफल भएको भन्दै अझै पनि रोल्पाका धेरै ठाउँमा आँखाका समस्या भएका व्यक्तिहरु रहेको उहाँले बताउनुभएको छ । रोल्पामा आँखाको शल्याक्रिया गर्नको लागि सामुदायिक आँखा केन्द्रमा भवनको स्थापना गर्न सकेमा थप सहज हुने बताउनुभएको छ ।

मोतियाविन्दु बिरामीहरुका लागि सञ्चालित ३ दिने नि.शुल्क शल्यक्रिया शिविर सम्पन्न तथा समिक्षात्मक कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । समापन कार्यक्रमको अध्यक्षता नौलसिं पुन रहनु थियो भने कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ति रहनुभएको थियो । कार्यक्रमको अन्य अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशव कुमार आचार्य, प्रहरी निरिक्षक प्रकाश भुसाल, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, नेपाली काँग्रेस रोल्पाका पुर्व सभापति तथा समाजसेवी कृष्ण बहादुर घर्ति मगर, नेकपा एमालेका प्रदेश सभा सदस्य घनश्याम आचार्य, नेकपा एकिकृतका प्रतिनिधि, नेपाली काँग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्य, नेपाल रेडक्रस रोल्पाका सभापति डि.बी घर्ति मगरलगायत जिल्लामा आबद्ध संचार माध्यममा पत्रकारहरुको उपस्थितिरहेको थियो । कार्यक्रममा बोल्दै सामुदायिक आँखा अस्पतालका संस्थापक अध्यक्ष नौलसिं पुनले अबको ५,६ महिना पछि फेरी अर्काे शिविर सञ्चालन गर्ने बताउनुभएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array