Ad image

गाउँपालिकामा भइरहेका योजना सम्झौता कामहरु पौष मसान्तसम्म सम्पन्न गर्ने :- गाउँपालिका अध्यक्ष बुढा

मालश्री खबर
मालश्री खबर ११ पुष २०७९, सोमबार
2 Min Read
Aa

मालश्री खबर, पुस १० , रोल्पा । परिबर्तन गाउँपालिकामा भइरहेका योजना सम्झौता कामहरु यहि पौष मसान्त सम्ममा सम्पन्न गर्ने गरि लक्ष लिएको गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले बताउनुभएको छ । उहाँले योजना सम्झौताका कामहरु अगाडि बडिरहेको बताउदै कदम कदमकदाचित पौष मसान्त सम्म नसकिएपनि समयको जोहो गरेर समय माग गरि जेष्ठ मसान्त सम्म गरिसक्ने बताउनुभयो । रेडियो मालश्रीबाट प्रशारण हुने कार्यक्रम परिबर्तन सम्बाहक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

यस्तै उहाले आर्थिक बर्ष २०७९, ८० सालको कार्ययोजना पास भइसकेपछि कहिले गर्ने कसरी गर्ने भन्दै उपभोक्ता समिती स्थानियहरु संग बसि छलफल गरि आगाडी बढ्ने बताउनु भयो । उहाँले स्थानीय सरकारले सबै प्रकारका कामहरु गर्न सक्ने समेत बताउनुभएको छ । उहाँले यस्ता खालका योजना सम्झौताका कामहरुमा अहिले सम्म कुनै बिबाद नभएको पनि बताउनु भयो । आफुले आप्नो कार्यकालमा कति काम गर्न सकिन्छ त्यसमा जोडदारका साथ काम अगाडि बढाइने बताउनु भयो ।

यस्तै उहाले आप्नो पालिका शैक्षिक क्षेत्रमा पनि पछाडि परेको बताउदै शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै शैक्षिक सत्रमा विद्यार्थिहरुलाई नि.शुल्क भर्ना गराउने बताउनु भयो । शिक्षकहरु पाल्नकै लागि भर्ना सुल्क लिदै आएकोमा अब शिक्षकको तलब सुबिधा सबै विद्यालयबाट गराउनुपर्ने बताउनु भयो । गुणस्तर सिक्षाको लागि सिक्षकले अभिभावक र अभिभावकले सिक्षकलाइ दोष दिनु भन्दा एक अर्का सगं तालमेर गरेर शिक्षा प्रदान गर्ने बताउनु भयो । आर्थिक बर्षको बजेटबाट शिक्षक अभिभावक शिक्षा कार्यक्रम अगाडि बढाउने बताउनु भयो । उहाले गुनस्तर शिक्षाका लागि कोचिङ शिक्षाको ब्यवस्था गरिने बताउनु भयो । उहाँले विद्यालयको भौतिक अबस्थाका लागि केहि काम भइरहेको र केहि ठेक्का प्रक्रियामा रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array