Ad image

अम्मीसरा स्मृति हेल्प फाउण्डेशन रोल्पाले आयोजना गरेको विविध खेलकुद प्रतियोगिता हिजो समापान ः फुटबल कपमा फर्साचैरले उपाधी हात पा¥यो

मालश्री खबर
मालश्री खबर १० पुष २०७९, आईतवार
4 Min Read
Aa

 मालश्री खबर, पुस १० , रोल्पा ।

अम्मीसरा स्मृति हेल्प फाउण्डेशन रोल्पाले आयोजना गरेको विविध खेलकुद प्रतियोगिता हिजो समापान गरिएको छ । उक्त कार्यक्रम पुस ५ गतेबाट सञ्चालन भएको थियो । खेलकुद प्रतियोगितामा विभिन्न ठाउँका समुहहरुले सहभागीता जनाएका थिए । फाउण्डेशनले प्रथम अम्मीसरा फुटबल कप, पुरुष तथा महिला भलिबल खेलको आयोजना गरेको आयोजकले बताएको छ । फुटबल तर्फ फर्साचौर फुटबल क्लब विजेता भएको छ भने उपबिजेता रम्जाबेसी युवा क्लब भएको छ ।

   

सेमिफाइनलिस्ट समुह भने झपेन्द्र मेमोरीयल ए र बि बनेको छ । फाउण्डेशनले आयोजना गरेको महिला भलिबल तर्फ भुमिस्थान युवा क्लब प्रथम भएको छ । द्धितिय दिव्या विम्ब समाज त्रिबेण्ी गाउँपालिका भएको छ भने समेमिफाईनलिस्ट टिम गोकुल माबि सिर्प ए र बि भएका छन् । पुरुष भलिबल तर्फ चतुर्भुजु युवा क्लब खुग्री प्रथम, सुस्मिता स्मृति युवा क्लब द्धितिय र सेमिफाईनलिष्ट दिव्या विम्ब समाज त्रिवेणी र लाकुरी युवा क्लब भएको छ ।

- Advertisement -
Ad image

फुटबल प्रतियोगितामा प्रथम, द्धितिय र दुई सेमी फाइनलिस्ट टिमलाई मेडल, ट्रफी र प्रमाण पत्र र क्रमश नगद रु ५५ हजार , ३५ हजार र १५÷१५ हजार नगद प्रदान गर्ने बताएको छ । त्यस्तै पुरुष भलिबल तर्फ प्रथम, द्धितिय र दुई सेमी फाइनलिस्ट टिमलाई मेडल, ट्रफी र प्रमाण पत्र र क्रमश नगद रु ५५ हजार , ३५ हजार र १५÷१५ हजार नगद पुरुस्कारको व्यवस्था गरिएको छ । महिला भलिबल तर्फ भने प्रथम, द्धितिय र दुई सेमी फाइनलिस्ट टिमलाई मेडल, ट्रफी र प्रमाण पत्र र क्रमश नगद रु ३० हजार , २० हजार र ८÷८ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकले बताएको छ ।

फुटबल प्रतियोगितामा हाई स्कोरल फचार्साचौर फुटबल क्लबका खेलाडि राजु बुढा भएका छन् । त्यस्तै फुटबल तर्फ नै बेष्ट गोलकिपर सविन बुढाथोकी भएका छन् । रम्जाबेसी युवा क्लबका खेलाडि यरोन रोका मगरले बेष्ट प्लेयर पुरस्कार प्राप्त गर्न सफल भएका छन् । महिला भलिबल तर्फ उतकृष्ट खेलाडि पुरस्कार भुमिस्थान युवा क्लबका खेलाडि संगिता बुढाथोकी भएकी छिन् भने बेष्ट स्पाईकर पुरस्कार विद्या बिम्ब समाजकी सोनिया परियार प्रदान गरीएको छ । पुरुष भलिबल तर्फ उतकृष्ट खेलाडिको पुरस्कार चतुर्भुज युवा क्लबका विकास गिरीलाई प्रदान गरिएको छ भने बेष्ट स्पाईकर पुरस्कार सुस्मिता स्मृति युबा क्लबका हितेस रम्जालीलाई प्रदान गरिएको छ ।

अम्मीसरा स्मृति फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै लुंग्री गाउँपालिकाका अध्यक्ष तथा समापन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका भरतकुमार थापले फाउण्डेशनले गरेको कार्य सराहण्ीय भएको बताउनु भएको छ । आगामि दिनमा पनि फाउण्डेशनले अझै राम्रो कार्य गर्दै जाओस भनि सुभकामना समेत ब्यक्त गर्नु भयो । फाउण्डेशनले खेल क्षेत्र र गरिब विद्यार्थी बालबालिकालाई गर्ने सहयोगले धेरैलाई राहत पुगेको थापाको भनाई छ । फाउण्डेशनले दिएको योगदानको उच्च सम्मान सहित आगामि दिनमा पनि थप सहयोग र साथको अपेक्षा समेत राख्नु भयो ।

फाउण्डेशनका अध्यक्ष तथा कार्यक्रमका अध्यक्षता ग्रहण गर्नु भएका टिकाबहादुर थापाले खेलकुख कार्यक्रमलाई भव्य तथा सभ्य तरिकाले सम्पन्न गर्नको लागि साथ र सहयोग गर्नुहुने सम्पुर्ण राजनितिक दल, जननिवार्चित प्रतिनिधि, समाजसेवी, सुरक्षकर्मी, सहभागी खेलाडि, खेलप्रेमी, युवा, पत्रकार लगाएत सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्नु भयो । साथै थापाले जिल्लमा रोल्पा अमेरीका सामजले शैक्षिक सामग्री वितराण गरेको बत व्यक्तिको सहयोग गरेको बताउनु भयो । यसरी गरेको सहयोग प्रति रोल्पा अमेरीका सामजका वरिष्ठ उपाध्यक्ष राजु घर्ति मगरलाई पनि विशेष धन्याबद प्रकट गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array