मालश्री खबर, पुस १० , रोल्पा । रोल्पामा अति बिपन्न र असहज परिस्थितिमा रहेको एक परिवारलाई लायन्स क्लब रोल्पाले राहत सामाग्री बितरण गरेको छ । लायन्स क्लव रोल्पाको आयोजनामा रोल्पा नगर पालिका वडा नं धैरेनी, धबाङ रोल्पाका अति बिपन्न र असहज परिस्थितिमा रहेका मृतक भिम बहादुर खत्रिको परिवार श्रीमती पानसरी खत्री, अपाङ्ग छोरा असारे खत्री, छोरा रछाने खत्री, दिपक खत्री लगाएतको परिवारलाइ काजक्रिया बसिरहेको अबस्थामा केहि राहत होस भन्ने उदेश्यले चामल ७५ के जि, दाल ५ के जि, खाने तेल १० पोका ५ लिटर, न्यानो कपडा हाइनेक ५ पिस, आटा पिठो १० के जि, फुलगोपी ५ के जि,नुन २ के जि, सहयोग उपलब्ध गराएको हो ।
उक्त कार्यक्रममा रोल्पा निवासी आचार्य स्टोर लिबाङका समाजसेवी रमेश आचार्यबाट ५ पिस न्यानो कपडा ज्याकेट उपलब्ध गराउनु भएको थियो यस्तै रोल्पा नपा १० निवासी तथा होलिभिजन आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल ओम केसीले रु १ हजार सहयोग गर्नु भएको थियो । यस भन्दा पहिले रोल्पा नगरपालिका वडा नं. १० का निवर्तमान वडा अध्यक्ष मानबहादुर खत्रीले पनि व्यक्तिगत रुपमा चामल, तेल, दाल र फलफुल उपलब्ध गराउनु भएको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लबको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र आचार्यले लाइन्स क्लवको बारेमा जानकारी गराउदै उहाले मन्तव्य मार्फत लायन्स क्लव भनेको मानविय सहयोगका लागि स्थापना भएको संसारकै सबैभन्दा ठूलो संस्था हो । यसले विशेष गरी स्वास्थ्य, शिक्षा, असहाय र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँ जातिय, धार्मिक, लैंगिक जस्ता विषयमा कुरा हुँदैनन् । यहाँ त केवल सामाजिक सेवाको मात्र कुरा हुने गर्छ । लायनवाद विश्वका २०५ भन्दा बढि राष्ट्रमा फैलिएको छ । हामीले यो क्लब नेपालमा धेरै पहिले संचालन भए पनि रोल्पा जिल्लामा भर्खरै भित्राएका छौ र यो हाम्रो पहिलो र शुरुवाती सामाजिक कार्य हो ।
यस लगतै हामीले जिल्लामा अन्तरक्रिया कार्यक्रम सहित स्वास्थ्य शिविर राख्ने जमर्को गरिरहेकाछौ यस क्लब र रोल्पाली आम जनसमुदाय सबैको हातेमालोले अगाडी बढ्ने कुरा पनि बताउनु भएको थियो । सो कार्यक्रममा रोल्पा नगरपालिका वडा नं. १० का निवर्तमान वडा अध्यक्ष मानबहादुर खत्रीले उक्त क्लबले मृतक परिवारलाई राहत प्रदान र आफ्नो सामाजिक कार्यको शुरुवाती धबाङबाट शुरु गरेकोमा आभार तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सामाजिक कार्य र स्वास्थ्य, शिक्षामा विशेष जोड दिने क्लब भएकोले रोल्पा जिल्लाभरी नै क्लबले राम्रो कार्य गर्नेछ गरोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा लायन्स क्लब रोल्पा परिवारका पदाधिकारीहरु, सहयोगी दाताहरु स्थानीयहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन रोल्पा लाइन्स क्लबका डाइरेक्टर श्री राजेन्द्र कक्षपतीले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्