Ad image

स्वदेशमै मनग्य आम्दानी गर्दै रोल्पाका एक कृषक–छवि श्रेष्ठ

मालश्री खबर
मालश्री खबर १० पुष २०७९, आईतवार
5 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर/ मालश्री खबर, पुस १०, रोल्पा । दुःख पछि सुख आउँछ भनेझैं रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सी स्याला सिमाका एक कृषक हुन।पश्चिमी रोल्पाको एक मात्र कृषक र जिल्लाको उत्कृष्ट कृषकको रूपमा समेत परिचीत छन।छवि श्रेष्ठ रोल्पाको पुरानो कृषकको रूपमा समेत धेरैले चिन्ने गर्दछन।रोल्पामा कृषक धेरै छन तर पनि श्रेष्ठले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्। कृषि कार्यमा लामो समय टिक्न सक्ने कृषकको रूपमा समेत लिन सकिन्छ श्रेष्ठलाई अरु भन्दा धेरै फरक खालका फलफूलका बेर्ना उत्पादन गर्न सक्ने क्षमता भएर पनि होला?जिल्लाको उत्कृष्ट कृषकको रूपमा चिनिन्न सफल भएका हुन।

छवि श्रेष्ठ बर्षमा रोजगारीको सिलसिलामा वि.सं.२०४४ सालमा भारतको हिमाचल प्रदेशमा जानू भएको थियो।उनले करिब ३ महिना स्याउका बगैचामा काम गर्न थाल्नुभयो स्याउका विरुवा सार्ने र टिप्ने काम गर्नुभयो  लगत्तै भारतको अर्को प्रदेश उत्तर प्रदेशको मोरी पसैला भन्ने ठाउँमा गएर गिट्टी रोरी समेत कुट्नु भयो।दिनको ५ रुपियाँ ज्यालामा काम गरे र उनले त्यो ज्याला समेत नलिएको अनुभव सुनाउनुभो।जतिबेला १५ बर्षका थिए श्रेष्ठ करिब १ बर्ष पुरा गरेर वि.सं.२०४५ सालमा स्वदेश फर्कनुभयो।

 

- Advertisement -
Ad image

फेरि दोस्रो पटक रोजगारकै क्रममा १९ बर्षको कलिलो उमेरमा भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लाको मनाली भन्ने ठाउँमा जानुभयो।त्यहाँ पनि स्याउकै काम गर्न थाल्नुभयो श्रेष्ठले खाडल खन्ने,खाडल पुर्ने,स्याउको बेर्ना रोप्ने र खाडल पुर्ने काम गर्नुभयो।साथै पछि जङ्गलमा काठको काम गरेर २ बर्ष भारत देखि २१ बर्षको उमेरमा स्वदेश फर्कनुभयो।घर फर्किए लगत्तै सुन्तला लगाउनको लागी खाडल खन्नुभयो र वि.सं.२०५१ सालमा पहिलो पटक स्वदेशमै करिब १०० बुट्टा सुन्तला लगाउन सुरु गर्नुभयो।

करिब १ दशक सुन्तला उत्पादन गरि वि.सं.२०६२ साल असार महिनामा मलेसिया जानुभयो र मलेसियामा समेत सुन्तला,हलुवा बेटका विरुवाको काम गर्नुभयो।करिब १५ महिना मलेसियामा काम गरेर स्वदेश फर्कनु भयो।भारतमा काम गर्दा बाँदर भनेको अझै याद आउने बताउनुभयो र आफ्नो देशमा जग्गा जमिन नभएर अर्काको देशमा श्रम गर्न आउने भने अहिले सम्म नभुलेको बताउनुभयो भने खाडी मुलुक मलेसियामा कामको दबाब धेरै भएको र समयमा कामको बिदा नपाउने गरेको बताउनुभयो,साथै पहिले गएका नेपालीले त्यहाँको भाषा र सीप सिकेर नयाँ गएको नेपालीलाई हेप्ने र कुनै घटना वा लुटपाट भए पनि त्यहाँको सुरक्षाले ध्यान नदिने गरेको अनुभव व्यक्त गर्नुभयो।

 

त्यो दुख पिडा देखेर आफ्नो देश केही गर्नसकिन्छ भने लक्ष्य लिएर स्वदेश फर्किएको समेत बताउनुभयो। विदेशमा सिकेका सिपलाई स्वदेश आए लगत्तै व्यावहारमा लागु गर्न थाल्नुभयो।उहाँले आफ्नो खेतबारीमा अनार,गुलियो काँगती नर्सरीका बिरुवा र मौसम अनुसारका तरकारी तथा फलफूल उत्पादन गर्नुभयो। छवि श्रेष्ठले पहिले दर्ता गराउनु भएको थिएन।वि.सं.२०७४ सालमा साना घरेलु उद्योग रोल्पाको लिबाङ्मा नर्सरीको काम गर्नको लागि छवि नर्सरी फम दर्ता गरि सञ्चालन गर्दै आउनु भएको छ।अहिले श्रेष्ठको फममा सुन्तला,अनार,गोलियो काँगती,अमिरिकन आरु,मौसम अनुसारका बहुबर्षे प्याज रहेका छन्।

उनले स्वदेशमै मनग्ये आम्दानी गर्ने गरेको कृषक श्रेष्ठको भनाइ रहेको छ।साथै सुन्तला बाट २ लाख ५० हजार,अनार बाट १ लाख ५० हजार,गोलीयो काँगती बाट ३ लाख ८० हजार रहेको छ भने मौसम अनुसारका तरकारी बाट ५० हजार बराबर बर्षमा आम्दानी हुने समेत बताउनुभयो।सुन्तला र अनारको बजारमा माग भएको बताउदै श्रेष्ठले भने“बजारमा गोलियो काँगतीको फल र बेर्नाको माग धेरै भएको समेत“बताउनुभयो।त्यसैगरी अनार र गोलियो काँगतिको जिल्ला भित्र मात्र माग नभएर जिल्ला बाहिर दाङ,काठमाडौ,गुल्मी,अर्घाखाँची,पाल्पा लगाएत नेपालका धेरै जिल्लामा समेत यसको माग धेरै रहेको श्रेष्ठले बताउनुभयो।

गोलियो काँगती समुद्री सतह देखि ४ सय मिटर देखि १८ सय मिटर उचाई सम्म राम्रो उत्पादन हुने र स्वास्थ्यका लागि लाभदायक रहेको समेत बताइएको छ।श्रेष्ठको नर्सरी फममा कृषि अध्ययन गर्ने विभिन्न विद्यालयका विद्यार्थीहरु समेत अवलोकनका लागि आउने गरेको बताइन्छ।श्रेष्ठले भन्नुभयो“कृषि अध्ययनरत ओजेटीका विद्यार्थीहरु आफ्नोे फममा अध्ययन तथा अवलोकन गरेर जाने गरेको“बताउनुभयो।स्थानीय सरकारले कुनै सहयोग नगरेको बताउदै श्रेष्ठले थप्दै भने घर नजिकको सरकार नत सहयोग नै गर्छन् नत कृषकलाई चासो पूर्वक नै हेर्छन्,अहिलेसम्म पालिकाले कुनै चासो नदेखिएको गुनासो गर्नुभयो ।

लुम्बिनी प्रदेश सरकार बाट जाली र मिनिटर पाएका,आशा परियोजना रोल्पा बाट १ लाख ५० हजार र कृषि ज्ञान केन्द्र रोल्पा बाट ४ लाख बराबरको सहयोग पाएको बताउनुभयो।श्रेष्ठले कृषि कार्यमा करिब १८ घण्टा बराबर समय खर्चने गरेको बताउछन्।स्वदेशमा भन्दा विदेशमा प्रविधिको प्रयोग,जातीय छनोट,बजारको अनुगमन र व्यापारी सँग सम्झौता गर्ने गरेको विदेशको अनुभव सुनाउनुभयो।भनिन्छ नि मेहनत र परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ भने झै कृषक छवि श्रेष्ठले पनि आफू जस्तै स्वदेशमै मेहनत गर्ने हो भने अहिलेको खाडी मुलुक र युरोप देशको मुख ताक्नु नपर्ने बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्

Array