Ad image

जनताको सुझाव अनुसार वडाको विकाश गर्छु– वडा अध्यक्ष तुलसी पुन

मालश्री खबर
मालश्री खबर ९ पुष २०७९, शनिबार
2 Min Read
Aa

 

मालश्री खबर, पुस ९, रोल्पा । सम्पुर्ण कार्यक्रम तथा योजनाहरु बार्षिक निति तथा कार्यक्रम अनुसार बजेट विनियोजन गरे अनुसार काम गरिरहेको वडा अध्यक्ष तुलसी पुनले बताउनुुभएको । रेडियो मालश्रीबाट प्रशारण हुने कार्यक्रम मालश्री संबादमा रुन्टिगढी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष पुनले यस्तो बताउनु भएको हो ।

 

वडा भित्र कृषिक्षेत्रलाइ पहिलो प्रथामिकता दिई आफुले काम गरिरहेको बताउदै गाउँपालिका मध्य सबै भन्दा बढि आफ्नो वडा हरेक क्षेत्रमा पछि परेकाले स्थानिय नागरिकको सल्ल्लाह, सुझाव अनुसार अगाडि बढ्ने बताउनुभयो । आफ्नो कार्यकालमा वडामा केहि परिवर्तन गर्ने भन्दै वडा अध्यक्ष पुनले स्थानिय कृषकहरु तरकारी खेतीबाट आत्मनिर्भर बनेको बताउनु भएको छ । वडामा प्रसस्त तरकारी उत्पादन गरेपनि बाटोको समस्याका कारण कृषकलाई बजारीकरणमा समस्या भएको छ, उहाले भन्नु भयो । उत्पादित तरकारी होलेरी बजार, छिमेकि जिल्ला सल्यान सम्म जाने गरेको उल्लेख गर्दै भर्खरै निमार्ण गरेका बाटोहरु बर्षादका कारण बिग्रिएकाले मर्मतका कामहरु तिव्र गतिमा गरिरहेको जानकारी दिनु भयो । वडामा कृषकहरुलाइ प्रोत्साहन गर्नका लागि आवश्यक पर्ने बिभिन्न कृषि सामाग्रीहरु, बिउ, बिजन बितरण गरिएको समेत उल्लेख गर्नु भएको छ ।

- Advertisement -
Ad image

 

बिद्युतको क्षेत्रमा पनि पालिकाका धेरै वडा पछि परेको भन्दै वडा अध्यक्ष पुनले पहिले निर्बाचित पदाधिकारीहरुले चाहादा चाहदै पनि सरोकार वालाहरुको ध्यान नजाँदा बिद्युत वितरण गर्न नसकिएको प्रतिकृया दिनु भएको छ । आफ्नो कार्यकाल भर आफुले सकेजति ठाउँमा बिद्युत वितरणमा ध्यान दिने बताउदै निमार्ण ब्यवसायिले इमान्दार भएर काम गर्न समेत आग्रह गर्नु भएको छ । अहिले विद्युतका पोलहरु गाड्ने काम भइरहेकाले आगामी एक बर्ष भित्रमा जसरी भएपनि बिद्युत पु¥याउने ठोकुवा गर्नु भएको छ । उहाँले बिद्यतबाट हुने काम सोलार बाट भइरहेको जानकारी दिदै वडामा गरिने सम्पुर्ण विकाशका कामहरु स्थानीय नागरिकहरुसंगै मिलेर अगाडि बढ्ने समेत बतिवद्धता ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array