Ad image

पहिलो दिनमै १ सय बढीको आँखाको शल्यक्रिया भयो

मालश्री खबर
मालश्री खबर ८ पुष २०७९, शुक्रबार
3 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, पुस ०८, रोल्पा ।

तिलगंगाा आँखा प्रतिष्ठान काठमाण्डौ, जिल्ला सामुदायिक आँखा केन्द्र लिबाङ रोल्पा, नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको आयोजनामा आज देखि लिबाङमा आँखाको शल्यक्रिया शिबिर सञ्चालन भएको छ । शिबिर सञ्चालन भएको पहिलो दिनमै १ सय भन्दा बढीको आँखाको सफल शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका संस्थापक अध्यक्ष नौलसिंह पुनले जानकारी दिनु भएको छ ।


यहि मंसिर १९ गते धबाङ स्वास्थ्य चौकी, मंसिर २० गते भाबाङ, पाछाबाङ स्वास्थ्य चौकी, २१ गते तालाबाङ स्वास्थ्य चौकी र थबाङ स्वास्थ्य चौकी, २२ गते शहरी आँखा केन्द्र, घर्तिगाँउ र मिरुल टुटुको स्वास्थ्य चौकी, २३ गते कुरेली खरिबोटको स्वास्थ्य चौकी, २४ गते सुखा ओडार स्वास्थ्य चौकी र राङकोट स्वास्थ्य चौकी, २५ गते राँक ताप्ला बजारको स्वास्थ्य चौकी र नेपाल रेडक्रस सोसाईटी भवन बागमारामा, मंसिर २६ गते राङसी स्वास्थ्य चौकीमा, २८ गते बडा कार्यलय भवन गैरीगाँउ तिला, र सन्त निरंकारी मन्डल भवन जुँगार नेर्पामा, २९ गते गजुलकोट स्वास्थ्य चौकी, पुस १ बाहिरी गामको स्वास्थ्य चौकी, पुस २ गते पोबाङ स्वास्थ्य चौकीमा, पुस ४ गते पुरानो प्राथामिक केन्द्र होलेरी बजार र पुस ५ गते जेदबाङ स्वास्थ्य चौकीमा आयोजना भएको आँखा शिबिर बाट शल्यक्रियाको लागी छनोट भएका बिरामिहरुको शल्यक्रिया शुरु भएको जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

शल्यक्रिया शिबिरको पहिलो दिन यो समाचार तयार पर्दा सम्म १ यस भन्दा बढीले आँखाको शल्यक्रिया भईसकेको संस्थापक अध्यक्ष पुनले जानकारी दिनु भएको छ । शिबिर पौष ९ गते सम्म सञ्चालन हुने भनिए पनि बिरामिहरुको चापको कारण एक दिन थप हुन सक्ने बताइएको छ । शल्यक्रिया निशुल्क भए पनि खान बस्ने व्यवस्था भने स्वयम बिरामिले गर्नु पर्ने अयोजकले बताएको छ । साथै अप्रेशन गर्नु पर्ने महिलालाई अप्रेशन गरिसेकपछि एक हजार रुपया नगद प्रदान गर्ने पनि बताएको छ । शिबिरमा रेडक्रस रोल्पा र जलजला क्याम्पस रोल्पा बाट स्वयम सेवकहरुद्धारा भोलेन्टरी सहयोग भएको आयोजकले जानकारी दिएको छ ।
शिबिरमा तिलगंगा आँखा प्रतिष्ठान काठ्माण्डौका आँखा रोग बिशेषज्ञ डाक्टर बिक्रम श्रेष्ठ, डाक्टर सरोज देवकोटा लगाएत १२ जना डाक्टर र स्वास्थ्यकर्मिको टोली र जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाको प्राबिधिक टोलीले सेवा दिइरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array