Ad image

रोल्पा जिल्लाको २० वटा स्थानमा उत्साहपुर्ण रुपमा आँखा शिबिर सम्पन्न भएको-संस्थापक अध्यक्ष नौलसिंह पुनको भनाई

मालश्री खबर
मालश्री खबर ८ पुष २०७९, शुक्रबार
3 Min Read
Aa

मालश्री खबर, पुस ०८, रोल्पा ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ, जिल्ला सामुदायिक आँखा केन्द्र लिबाङ रोल्पा र नेपाल रेडक्रस सोसाइीटी रोल्पा शाखाको आयोजना तथा बिभिन्न सघं संस्थाहरुको सहयोगमा जिल्लाको बिभिन्न २० स्थानमा आँखा शिबिर संचालन गरेको जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका संस्थापक अध्यक्ष नौलसिंह पुनमगरले जानकारी दिनुभएको छ । यहि मंसिर १८ गते बाट पौष ५ गते सम्म रोल्पा जिल्लाका २० स्थानमा सिबिर गरि ३२९ जना मोतिया बिन्दुका बिरामी भेटिएको सामुदायिक आँखा केन्द्र रोल्पाका संस्थापक अध्यक्ष नौलसिह पुन मगरले बताउनु भएको छ ।

१५ दिन सम्म आयोजन गरिएको शिबिरबाट छनौट भएका मोतिया बिन्दुमा बिरामिहरुमा थबाङमा १६ जना, मिरुलमा ८, कुरेलीमा १६, जिनाबाङमा १५, राकमा १०, घर्तिगाउमा ११, पाछबाङमा १५, पुर्बि रोल्पाको बाहिरि गाममा १८, पोबाङमा १३ जना, होलेरिमा २६ जना जुगारमा १२, गैरीगाउमा ९ जना, रागकोटमा १४ जनाको आज पहिलो लटमा मोतिया बिन्दुको सल्यक्रिया भएको समेत उहाँले बताउनु भयो । रेडियो मालश्री बाट प्रसारण हुने मालश्री सम्बाद कार्यक्रममा बोल्दै उहाँले सोको बारेमा जानकारी गराउनुभएको हो ।

यस्तै बाँकी ह्वामा ११ जना, धबाङका १५ जना, बागमाराका ३१ जना, राङसीका १६ जना, गजुलका ८ जना, तालाबाङका ८ जना, रोल्पा नगर पालिका जेदबाङका ५ जना र समुदायिक आखा केन्द्रमा ४९ जनाको भोलि ९ गते मोतिया बिन्दुको सल्यक्रिया गरिने समेत उहाले बताउनु भएको छ । जिल्लाको २० वटा स्थानमा भएको सिबिर सन्चालनमा स्थानीय तह, बिभिन्न संघ संस्था, विद्यालयका शिक्षकलगाएतको बिभिन्न ब्यक्तिहरुको उपस्थितमा उत्साह पुर्ण रुपमा शिबिर सन्चालन गरिएको समेत उहाँले बताउनुभएको छ ।

- Advertisement -
Ad image

शिबिर छनौट गर्दा धेरैजसो रुन्टिगढी गाउँपालिकाको होलेरिमा मोतिया बिन्दुको बिरामी भेटिएको बताउदै उहाले सोहि ठाउ निबासी आसमान गिरीले जग्गा दान गरेको बताउनु भएको छ । उहाँले उक्त जग्गामा छिटो भन्दा छिटो भवन निर्माण गरिने पनि बताउनुभयो ।

सामुदायिक आँखा केन्द्रमा पहिले देखि नै मोतिया बिन्दुका बिरामीहरु कलेक्सन गर्दा हिजो सम्म ४९ जना पुगेको बताउनुभयो । शिबिरमा आर्थिक रुपले अलि बिपन्न, चेतनाको हिशाबले पनि अलि पछि परेकामा बढि यस्ता मोतिया बिन्दुका बिरामी बढि भेटियको बताउनु भयो । यसमा पनि लैगिँक हिसाबले पुरुष भन्दा पनि महिलाको सख्यामा धेरै बिरामिहरु पाइएको बनाउनु भयो ।

महिला १९४ जना पुरुष १३५ जनाका मोतिया बिन्दुका बिरामी फेला परेको बताउदै उहाले महिलाहरु अझैपनि चुलो चौकिमा ब्यस्त हुनुले पनि महिलाहरु बढेको समेत उहाको भनाइ रहेको छ । १५ दिने सिबिर सन्चालनमा आफुले सोचे भन्दा पनि धेरै बिरामी हरु छुटेकाले आफुलाइ नमज्जा लागेको समेत उहाँले बताउनु भयो । यो शिबिर चानचुने नभएर विगत ठाँउले गर्दा पनि शिविरमा धेरै जना छुटेको आफुले महुसुस गरेको समेत बताउनु भयो । उहाँले आज बाट सुरु भएको शिबिर सन्चालन १० गते सम्म लम्बिन सक्ने भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array