Ad image

समाज परिबर्तन गर्ने उद्देश्यले अम्मीसरा स्मृति हेल्प फाउण्डेशन स्थापना गरिएको फाउण्डेशनका अध्यक्ष थापाको भनाई

मालश्री खबर
मालश्री खबर ७ पुष २०७९, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, पुस ०७, रोल्पा । समाज परिबर्तन गर्ने उद्देश्यले अम्मीसरा स्मृति हेल्प फाउण्डेशन स्थापना गरिएको अम्मीसरा स्मृति हेल्प फाउण्डेशनका अध्यक्ष टिका बहादुर थापाले बताउनु भएको छ । थापा लामो समय देखि अमेरीकामा बस्दै आए पनि आफ्नो जन्म घर रोल्पा भएको बताउँदै आफ्नो ठाउँ जहाँ गएपनि नबिर्सने बताउनु भयो । थापाको सुनिल स्मृति गाउँपाकिला वडा नम्बर ४ सुलिचौरमा जन्म भएको थियो । थापाले आफ्नो कर्म थलो भने लोमो समय देखि अमेरीकामा बनाउनु भएको छ । रेडियो मालश्रीबाट प्रशारण हुने मालश्री संम्बादमा लोकेन्द्र चन्दसंग कुराकानी गर्दै थापाले यस्तो बताउनु भएको हो ।

आफु अमेरिका रहेपनी रोल्पाका दुर- दराजमा स्वास्थ्य शिबिर सन्चालन गर्ने, विद्यालयको लागि आवश्यक पर्ने शैक्षिक समाग्रिहरु वितरण गर्ने लगाएत रोल्पाको विकासको लागि सधै साथ र सहयोग गर्नु पर्ने बताउनु भयो । बाल्यकालको स्मरण गर्दै थापाले गरिबीको कारण भने जति पढ्न र इच्छा अनुसारको काम गर्न नपाएको अनुभव सुनाउनु भयो । आफुले पाएको दुःख पीडा अरुलाई भोग्न नपरोस भनी आफुँले गर्न सक्ने जति सहयोग गरेको बताउनु भयो ।

यसै सन्दर्भमा थापाले आफ्नो आमाको सम्झनामा अम्मीसरा स्मृति फाउण्डेशन स्थापना गरि रोल्पाका विभिन्न दुरदराजमा रहेका असाहय बालबालिका, विभिन्न विकास निर्माणका कार्यमा सहयोग गरेको बताउनुभयो । आफ्नो आमाको प्रेरणदायी माया, सल्लाह र सुझाब बाट प्रेरण भएकोले आमाको नामबाट फाउण्डेशन खोली सहयोग गर्ने मनाशाय भएको थापाले कुराकानिको क्रममा बताउनु भयो । फाउण्डेशनकै आयोजनामा सञ्चालन भईरहेको फुटबल र पुरुष तथा महिला भलिबलको खेल भईरहेको बताउनु भयो ।

देश विकास र देशलाई चिनाउने भनेकै युवाहरु भएकाले युवा बर्गको चाहनालाई मध्यनजर गर्दै खेलकुद प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । यस्ता खालका खेलहरुले जिल्लाको खेल क्षेत्रमा उल्लेख्य विकास गर्न थप टेवा पुग्ने अपेक्षा समेत गर्नु भएको छ । थापाले फाउण्डेसन बिधिबत रुपमा दर्ता भइ विभिन्न क्षेत्रमा काम गरिरहेको बताउनु भयो । फाउण्डेशनले पछिल्लो समय रोल्पा नगरपालिकाको खुमेलमा रहेको एक स्कुलमा ५५ हजार, मावि लुङग्री २ मा रहेको स्कुललाई ५१ हजार रकम पनि प्रदान गरिएको बताउनु भयो । यस काममा आफ्नी जिवन सगिंनीको ठुलो साथ र सहयोग रहेको बताउनुभयो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array