Ad image

तेबाङको सुन्तलाले बजार पाएन

मालश्री खबर
मालश्री खबर ७ पुष २०७९, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, पुस ०७, रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं. ७ तेबाङका स्याम बिकले हरेक दिन डोकोमा सुन्तला बोकेर बिक्री गर्न सुलिचौर आउनुहुन्छ । घरबाट सुलिचौर बजार आउन उहाँलाई करिब १ घण्टा लाग्छ । दिनभरी सुन्तला बेचेर बेलुका घर फर्कंदा १ घण्टा पैदल हिँड्नु पर्छ । दैनिक आवतजावतमा ३ घण्टा खर्चेर सुन्तला बिक्री गर्ने उहाँको सुन्तलाले उचित बजार पाउँदैन । स्याम जस्तै अचेल तेबाङमा डोकामा सुन्तला राखेर बिक्री गर्ने कृषकको संख्या उल्लेख रहने गर्छ ।

१० वर्षका बालबालिकादेखि ५० वर्षका नागरिक घण्टौं पैदल यात्रा गरि सुन्तला बिक्री गर्न आउने गर्दछन । कात्तिकदेखि पुस महिनासम्म यसैगरि सुन्तला बिक्री गर्छन् । यो उनीहरुको पुस्तैनी पेसा हो । सुनिल स्मृति गाउँपालिका वडा नं. ७ तेबाङ, सरङगे पोखरा, खोरबाङलगायतका क्षेत्रका किसानहरुको जीविकोपार्जनको मुख्य आधार नै सुन्तला भए पनि यसले उचित बजार नपाउँदा कृषकहरु निरास हुने गरेका छन् । ती क्षेत्रमा सघन सुन्तला खेती भए पनि जिल्लाका अन्य क्षेत्रमा पनि सुन्तला खेती हुने गर्दछ ।

बिक्रीका लागि केही सुन्तला जिल्ला बाहिर जाने भए पनि उचित मुल्यमा नगएको स्थानीयको गुनासो रहेको छ । ‘जिल्ला बाहिर पठाउने पहुँच नहुँदा जिल्लामै सस्तो भाउमा सुन्तला बिक्री गर्न बाध्य छौं,’ उहाँले भन्नुभएको छ । रोल्पाको तेबाङमा सुन्ताला खेती धेरै उत्पादन भए बजार व्यवस्थापनमा स्थानीय सरकारले ध्यान नदिदा दुःख कष्ट गरेर सस्तो मूल्यमा यतै बिक्री गर्न बाध्य भएको उहाँको भनाइ छ । कडा परिश्रम गरेर बजार ल्याएको सुन्तलाको उचित मूल्य र बजार व्यवस्थापनको काममा स्थानीय सरकारले सहयोग गर्नु पर्ने कृषकहरुको माग रहेको त्यहाँबाट भरत बिश्वकर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array