Ad image

अम्मीसरा स्मृती हेल्प फाउण्डेशनद्धारा निमार्ण गरिएको प्रतिक्षालय, पानी धारा, रेलिङ सहितको सिढीको प्रदेश सांसद महराद्धारा उद्धघाटन

मालश्री खबर
मालश्री खबर ६ पुष २०७९, बुधबार
5 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, पुस ०६, रोल्पा ।
अम्मीसरा स्मृती हेल्फ पाउण्डेशन सुनिल स्मृती गाँउपालिका वडा न. ४ सुनिचौर रोल्पाद्धारा निमार्ण गरिएको प्रतिक्षालय, पानी धारा, रेलिङ सहितको पक्की सिढी र बिभिध प्रतियोगितात्मक खेलकुद कार्यक्रमको लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महराले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ ।

अम्मीसरा स्मृती हेल्फ फाउण्डेशनले लुङ्ग्री गाँउपालिका वडा न. ५ मा पर्ने पुराने एरपोर्ट वडाचौरमा निमार्ण गरेको प्रतिक्षालय, रेलिङ सहितको पानी धाराको निमार्ण गरेको फाउण्डेशनले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ । सोहि कार्यक्रमको अवसर पारेर अम्मीसरा हेल्फ फाउण्डेशनले बिभिध प्रतियोगितात्मक खेलकुद कार्यक्रमको समेत आयोजना गरेको जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै महराले अम्मीरा स्मृति हेल्प फाउण्डेशनले गर्दैै आएको कार्यको प्रशंसा गर्दै गाउँ समाजको विकासको लागि यस फाउण्डेशनले पु¥याएको योगदान प्रति उच्च सम्मान प्रकाट गर्नु भएको छ । खेलाडिको पहिचान र विकासको लागि विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरेकोमा समेत खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस फाउण्डेशनले अझै राम्रो काम गर्दै जाओस भनि सुभकामना समेत दिनु भएको छ ।

- Advertisement -
Ad image

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सभा सांसद महराले आफु निर्वाचनमा जिताएर पठाउने सबै जनतालाई धन्यवाद दिंदै अफ आफू माओवादी केन्द्रको मात्र नभइ सबै जनताको साझा ब्यति भएको समेत बताउनु भएको थियो । आफु रोल्पा र आफ्नो निर्वाचन क्षेत्रको विकासका सधै लागीरहने समेत बताउनु भएको छ । रोल्पाको वडाचौरमा कुनै समयमा संचालनमा आएको एरपोर्टलाई पुनः संचालनमा ल्याउनको लागी आफुले पहल गर्ने समेत बताउनु भएको छ । आफू कुनै समयमा जहाज चढे्र उक्त स्थानमा आएको अनुभब सुनाउदै प्रदेश सांसद महराले अहिले पनि एरपोर्ट संचालनमा ल्याउन सकिएमा यस बाट धेरै रोल्पाली जनताले लाभ लिउने समेत बताउनु छ ।

उद्घाटन कार्यक्रममा विशिष्ट अतिथीको रुपमा लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापा, फाउण्डेशनका संरक्षक एवम् अम्मीसराका श्रीमान अमर बहादुर थापा , नेपाल भलिवल संघका केन्द्रिय सदस्य एंव नेपाल उद्योग राष्ट्रिय वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाली कांगे्रस रोल्पाका अध्यक्ष किशोर कुमार आचार्य अम्मीसरा स्मृती फाउण्डेशनले यसरी साजिक क्षेत्रमा गरेको कामको खुलेर प्रंससा गर्नुको साथै आगामी दिनमा थप सामाजिक क्षेत्रमा रहेर गरिब दुखिहरुको सेवामा लाग्न समेत सुभाब दिएका थिए । जो कसैले पनि समाज सेवा गर्न नसक्ने भन्दै समाज सेवा गर्नको लागी धन मात्र भएर नपुग्ने भन्दै त्यसको लागी मन हुनु पर्ने समेत बताएका थिए ।

कार्यक्रमका अवरमा रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका उपाध्यक्ष मिलन रोकामगर, लाल बहादुर स्मृती सेवा समाजका अध्यक्ष सुरज घर्तिमगर लगाएतले उद्घाटन कार्यक्रममा शुभकामना मनतब्य राख्नु भएको थियो । नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश परिषद सदस्य शिब प्रसाद केसि, कार्यक्रममा नेपाल उद्योग बाणिज्य राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुबदी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द लगाएत विभिन्न राजनितिक दलका प्रतिनिधि, जननिर्वाचित प्रमख तथा प्रतिनिधि, खेलाडी, खेलप्रेमी, विभिन्न वुद्धिजिवी, प्रत्रकार, साहित्यकार, कलाकर लगाएत सम्पुर्ण गाउँसमाजको उपस्थिति रहेको थियो ।

फाउण्डेशनले प्रथम अम्मीसरा फुटबल कप, पुरुष तथा महिला भलिबल खेलको आयोजना गरेको आयोजकले बताएको छ । फुटबल प्रतियोगितामा प्रथम, द्धितिय र दुई सेमी फाइनलिस्ट टिमलाई मेडल, ट्रफी र प्रमाण पत्र र क्रमश रु ५५ हजार , ३५ हजार र १५/१५ हजार नगद प्रदान गर्ने बताएको छ ।

त्यस्तै पुरुष भलिबल तर्फ प्रथम, द्धितिय र दुई सेमी फाइनलिस्ट टिमलाई मेडल, ट्रफी र प्रमाण पत्र र क्रमश रु ५५ हजार , ३५ हजार र १५/१५ हजार नगद पुरुस्कारको व्यवस्था गरिएको छ । महिला भलिबल तर्फ भने प्रथम, द्धितिय र दुई सेमी फाइनलिस्ट टिमलाई मेडल, ट्रफी र प्रमाण पत्र र क्रमश रु ३० हजार , २० हजार र ८/८ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकले बताएको छ । कार्यक्रम यहि पौस ९ गने सम्म सञ्चाल हुने फाउन्डेशनका अध्यक्ष टिकाबहादुर थापाले जानकारी दिनु भयो । फाउण्डेशनका उपाध्यक्ष साजन कुमार थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता फाउन्डेशनका अध्यक्ष टिकाबहादुर थापाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन फाउण्डेशनका रक्षक क्षेत्रीले गर्नु भएको थियो ।


सोहि कार्यक्रको अवसरमा रोल्पा जलजला सेवा समाज अमेरिका र अम्मीसरा स्मृती हेल्फ फाउण्डेसनले सयुक्त रुपमा शिशुकल्याण प्राबि गोठेचौर, राष्ट्रिय माबि खुमेल, गोकुल माबि सिर्प, चन्द्रप्रभा माबि मिझिङ, ज्योती आबि तल्लो गुम्चाल, सुर्योदय माबि सुलिचौर र ज्योती आबि तत्लो गुम्चालमा अध्यनरत गरिब जेहेन्दार बिद्यार्थि वालवालिकाहरुलाई झोला, सुइटर लगाएतको शैक्षिक सामाग्रीहरु पनि प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

        

प्रतिक्रिया दिनुहोस्

Array