Ad image

अबको कार्यकाल जनताकै गुनासो सम्बोधन गरेर त्यसलाई समाधान गर्ने :- वडा अध्यक्ष बस्नेत

मालश्री खबर
मालश्री खबर ६ पुष २०७९, बुधबार
3 Min Read
Aa

मालश्री खबर, पुस ०६, रोल्पा । अघिल्लो कार्यकालमा सम्झौता भएका कामहरुमा स्टेमेट अनुसार काम भईरहेको रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष ओबिलाल बस्नेतले बताउनु भएको छ । बाटो, खानेपानि, विद्यालयको भवनका कामहरु तिब्र रुपमा भईरहको उहाँको भनाईछ ।

रेडियो मालश्रीबाट प्रशारण हुने कार्यक्रम जनता संग सुनिल स्मृति गाउँपालिका कार्यक्रममा पत्रकार लोकेन्द्र चन्दसंग कुराकानीको क्रममा बस्नेतले सो कुरा बताउनुभएको छ । जति पनि कामहरु छन ति सबै कामहरु उपभोक्ता समिती मार्फतनै भइरहेको बताउनुभयो ।

समिति गठन गर्दा आफ्ना मान्छेहरु मात्र बस्छन नि भन्ने जिज्ञासामा बस्नेतले वडा सदस्यले टोल टोलमा गइ समुह बनाउने र त्यहि समुहलेनै उपभाक्ता समिती गठन गरिने भएकाले आफ्ना मान्छे नभएर टोलको समस्या बताउने, टोलको बिकासको लागि सकारात्मक देखिएकालाई टोल बिकास समितिमा राखिने बताउनुभयो ।

वडामा बजेटको आकार सानो हुने भएकाले सबै काम एउटै आर्थिक बर्षमा गर्न समस्या आउने समेत बताउनुभयो । गाउँपालिका बाट बजेट आउना साथ वडामा बैठक बसि काम बाडफाड गरिने उहाले बताउनुभयो । वडा नम्बर ४ मा जैरे कोइरालखर्क को भैसी धारा , धनचौरको धनमुढा लगाएतको ठाउँमा खानेपानिको समस्य भएकाले त्यस तर्फ केन्द्रित भएर लाग्ने जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

ती ठाउँमा भएको पानिको समस्यालाई हटाउनको आगीमी आर्थिक बर्षको पालिका स्तरीमा ४०÷५० लाख छुट्याए पनि रकम अपुग भएकाले पानिको समस्या अझै रहेको उहाँको भनाइ छ । अब आउने आर्थिक बर्षमा वडा, पालिका र प्रदेश तथा संघबाट बजेट छुट्यी पानिको समस्यालाई दिर्घकालसम्मका लागि समाधान गर्ने बस्नेतले बताउनुभयो ।

यसका साथै वडाभित्र भएका विभिन्न ठाउँमा जोड्ने सडक बाटोलाई बषै भरि चल्न र सवै टोल टोलमा पु¥याउने उहाँको योजना रहेको छ । ठेकेदारको लापरवाहिले वडाका केहि स्थानमा अझै सम्म पनि बाटो पुग्न नसकेको कुरा बाताउदै अब छिटै त्यो कार्यलाई अगाडी बढाई त्यस ठाउँमा बाटो पु¥याउने बताउनुभयो ।

वडाका सम्पुर्ण ठाउँमा विद्युत पुगेको कुरा बताउदै कहिकतै नपुगेको भए अब छिटै त्यसलाई पनि समाधान गरि उज्यालो वडा बनाउनु बताउनु भयो । वडामा भएको विद्यालयमा शैक्षिक सुधारको लागि गरिब तथा जेहेनदार विद्यार्थीलाई ओमकला अक्षकोषले पनि सहयोग गरेको बताउनु भयो । वडामा भएका मावि तहका विद्यालयमा पनि वडा बाट वेला बेलामा शिक्षकहरुसँग भेटग गरी विद्यालयको समग्र शैक्षिक स्थितिको बारेमा बुझ्ने गरेका बताउनु भयो ।

 

वडामा भएको बजार अर्थात पुबी रोल्पाको मुख्य व्यापारिक केन्द्र समेत रहेको सुलिचौर बजार बाट निस्कीएको फोहोरलाई व्यवस्थित गरिरहेको बताउनु भयो । भर्खरै निर्वाचित भएकाले अबको ५ वर्ष सम्म वडाको शैक्षिक, भौतिक, सामाजिक, सांस्कृतिक, वातावरणीय पक्षको विकासको लागि तदारुकताका साथ काम गर्ने प्रतिबद्ध रहेको समेत बताउनुभयो । जनताले निर्वाचित गरेर पठाएकाले अबको कार्यकाल जनताकै गुणसो सम्बोधन गरेर त्यसलाई समाधान गर्ने तर्फ लाग्ने बस्नेतको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array