Ad image

बैदेशिक रोगजारमा जाने श्रमीकहरुका लागि सामी परियोजनाले महत्वपूर्ण भुमिका खेलेको कार्यक्रम अधिकृत अर्यालको भनाई

मालश्री खबर
मालश्री खबर ५ पुष २०७९, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, पुस ०५, रोल्पा । कसरी बैदेशिक रोजागारीलाई सुरक्षित र पारर्दिशी बनाउन सकिन्छ भनेर सामी परियोजना सञ्चालन गरिएकोे बैदेशिक रोजगार बोर्डका सचिवालय तथा सामि कार्यक्रम अधिकृत बिष्णु अर्यालले बताउनुभएको छ । कार्यक्रम मालश्री संबादमा पत्रकार गणेश केसीसंगको कुराकानीको क्रममा उहाँले यस्तो बताउनुभएको हो । जुन देशमा काम गर्नको भिसा लगाएर गइन्छ त्यसलाई बैदेशिक रोजगार भन्ने तथा आप्नो मुलुक छाडेर अर्काको मुलुकमा काम गर्ननै बैदेशिक रोजागार भएको उहाँले प्रष्ट पार्नुभएको छ ।

 

बैदेशिक रोजगारमा गएको बेला जस्को मृत्यु हुन्छ, जो बेपत्ता हुन्छ उनिहरुको सम्झनामा अन्तराष्ट्रिय श्रमीक दिवसको अवसरमा प्रभातफेरी, अन्तरक्रिया, दिप प्रज्जवलन कार्यक्रमको आयोजना गरि सम्झिने गरेको बताउनुभयो । जति पनि बैदेशिक रोजगारीको शिलशिलामा समस्यामा पर्नेहरुको लागि आप्रवासी सञ्जाल हकहित केन्द्र स्थापना गरि सञ्चालनमा लिएको बताउनुभएको छ । सामी परियोजना कार्यक्रम अन्र्तगत नै रहेर बिभिन्न जिल्लामा पनि सोहि कार्यक्रम गरि दिवस मनाइएको बताउनुभएको छ ।

यो सामी परियोजना रोल्पाको ४वटा पालिकामा सन्चालन भएको बताउनुभयो । यो बैदेशिक रोजगारमा जाने नेपालीको सख्या बढेको तर सुरक्षीत तरीकाले नगएको पाइएको छ । आर्यलले समग्र नेपालमा बैदेशिक रोजगरीमा जानेको कति छन्, कुन कुन माध्यमबाट रोजगरीमा जना सक्छन् भन्ने विषयमा पनि प्रष्ट पार्नुभयो । नेपालमा अहिले सम्मको तथ्याङक अनुसार करीब ६३ लाख नेपाली बैदेखिक रोजगारीका लागि नेपाल भन्दा वाहीर रहेको जानकारी दिनु भयो ।

- Advertisement -
Ad image

नेपालबाट दैनिकी २५ सय जना नेपाली नागरीक रोजगारीको लागि विदेशिने गरेको तथ्याङकले देखाएको छ । ति मध्ये दैनिक रोजगारीमा गएका मध्ये ३ जना नेपाली कामदारको लास नेपाल आई पुग्ने गर्दछ । कोभिड पछि पनि विदेशीनेको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल सरकारले हाल १११ देशमा बैदेशिक रोजगारीको लागि ठाउँ खुल्ला गरेको छ ति मध्ये ईराक, अफगानस्थान र लिवियमा भने रोक लगाएको छ । बैदेशि रोजगारीमा खुला गरीएका १११ देश मध्ये नेपालीहरु बढी खाडिमा पलायन भएको तथ्याङकले देखाएको उहाको भनाइ छ ।

ति बाहेक कोहि युरोपका देशहरुमा पनि गएका छन् भने कोही विकसित देशहरुमा अध्ययनको लागि गएका छन् । मलेसियामा सबै भन्दा बढी नेपाली कामदार रहेका छन् । बैदेशिक रोजगारीमा जादा नेपाल सरकारको बैदेशिक रोजगार वोर्डबाट श्रम स्वीकृति लिएर जादा हुने फाईदा, सेवा सुविधाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array