Ad image

भुमिस्थान युवा क्लबको १३ औं बार्षिकोत्सव सम्पन्न

मालश्री खबर
मालश्री खबर ४ पुष २०७९, सोमबार
4 Min Read
Aa

मालश्री खबर, पुस ०४, रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं. ४ बाग्मामा रहेको भुमिस्थान युवा क्लवको १३ औ बार्षिक उत्सव  समापन गरिएको छ । यहि पौष २७ गते बाट सुरु भएको बार्षिक उत्सबको अबसरमा आयोजना गरिएको पुरुष भलिबलमा सुस्मीता स्मृति गाउँपालिका युवा क्लव सुनिल स्मृति गाउँपालिका वडा नं २ खुङग्री हरिगाउँ प्रथम, चतुर्भुज युवा क्लव खुङग्री द्धितिय, आयोजक भुमि स्थान युवा क्लव तृतिय र धारपानि युवा क्लवक खुङग्री सान्तोना भएका छन ।

महिला भलिबल प्रतियोगितामा आयोजक भुमिस्थान युवा क्लव प्रथम, लिस्ने राज्य पोखरी युवा क्लव तेबाङ द्धितिय, बराह क्षेत्र युवा क्लव बडाचौर तृतिय र लाली गुराँस युवा क्लव चिन्ने तृतिय भएका छन । हाजिरी जवाफ तर्फ आयेजक प्रथम, सुबर्नावती सांगितिक युावा क्लब कोइरालखर्क द्धितिय र अयोजक तृतिय भएका छन । एकल नृत्यमा आयोजक संगिता बुढाथोकि प्रथम, सुनिल स्मृति गाउँपालिका वडा नंं. ७ तेबाङका सुर्जा मगर द्धितिय र शर्मिला रोका मगर तृतिय भएका छन ।

- Advertisement -
Ad image

घैटाफोरमा आयोजक अर्जुन बुढाथोकिले पुरुस्कार हात पार्न सफल हुनुभएको छ । लोक दोहरी प्रतियोगितामा पहिलो सुर्बनावती सांगितिक समुह कोइरालखर्क प्रथम र आयोजक भुमिस्थान युवा क्लब द्धितिय भएको छ । वार्षिक उत्सवमा आयोजित पुरुष भलिबलमा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेले मेडल प्रमाणपत्र र क्रमश रु ३० हजार, २० हजार, १० हजार र ६ हजार प्राप्त गरेका छन् । महिला भलिबल तर्फ प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेले मेडल प्रमाणपत्र र क्रमश रु १५ हजार, १० हजार, ६ हजार र ४ हजार प्राप्त गरेका छन् ।

पुरुष तर्फ बेस्ट प्लेयर पुरस्कार आकाश सुनारले पाएका छन् भने स्पाईकर पुरस्कार सुस्मिता स्मृति युवा क्लबका खेलाडीले पाएका छन् । महिला तर्फ बेस्ट प्लेयर पुरस्कार दालमति रोकाले पाउनु भएको छ भने वेस्ट स्पाईकार पुरस्कार संगिता बुढाथोकीले पाउनुभएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति बस्नेतले उहाँले यस क्लवलाई दर्ता गर्नमा पनि आफुहरुले सहयोग गर्ने बताउनु भयो । क्लबको हरेक कार्यमा स्थानिय सरकारको साथ र सपोर्ट सधै रहिरहने उहाँले बताउनुभयो ।

खेलकुद राष्ट्रको गहणा भएकाले यसलाई अझै संरक्षण र सम्बद्र्धन गर्नु पर्ने बताउनुभयो । स्थानिय स्तरमा क्लबले गरेका योगदानको प्रसंशासमेत ब्यक्त गर्नु भयो । बस्नेतले आगामी दिनहरुमा क्लबले समाजमा भएका विभिन्न खेलाडी, कलाकर्मीको पहिचान गर्ने र समाजमा हुने विभिन्न गतिविधिमा सक्रियताका साथ लाग्न समेत आग्रह गर्नु भयो । यस्तै समापन कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष यज्ञ बुढाथोकीले अनुशासित ढंगले शान्तिपुर्ण वाताबरणमा क्लवको १३ औ बार्षिक उत्सब सम्पन्न भएकोमा सबैलाई धन्यबाद दिनुभएको छ ।

उहाँले छिटो भन्दा छिटो जिल्लामा क्लब दर्ता गरि क्लबको भवण निमार्ण गर्नको लागि पहल गर्ने बताउनु भएको छ । उहाँले नाम मात्रको क्लब नभएर स्थानिय सरकारको एउटा हागाँ भएकोले समाजमा हुने गरेका बिकृती बिसंगतिलाई निर्मुल पारेर समाज बिकासको लागि अगाडी बढने संस्था भएको बताउनु भयो । क्लवको बार्षिक उत्सबको उद्घाटनमा पाल्नुहुने गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, खेलाडि, खेल प्रेमी सबैमा धन्यबाद ब्यक्त गनुभएको थियो ।

सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ओविलाल बस्नेतको प्रमुख आथित्यता तथा क्लवका अध्यक्ष यज्ञ बुढाथोकिको अध्यक्षतामा भएको कार्यक्रमको बिशिष्ठ अथितिमा पुर्ण बहादुर वलि ज्वााला रहनु भएको थियो । समापन कार्यक्रमको सन्चालन क्लवका कोषा अध्यक्ष कार्तिक बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array