Ad image

नेपाल मानब अधिकार वर्ष २०२३ तथा प्रकाशित पुर्व वार्षिक समिक्षा कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ४ पुष २०७९, सोमबार
2 Min Read
Aa

मालश्री खबर, पुस ०४, रोल्पा । नेपाल मानव अधिकार बर्ष २०२३ तथा प्रकाशित पुर्व वार्षिक समिक्षा कार्यक्रम रोल्पाको लिबाङमा सम्पन्न भएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेक रोल्पाको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय रोल्पा र जिल्ला अदालत रोल्पाको समन्वयमा मानब अधिकारको क्षेत्रमा आघात पुर्याउने जस्तै घरेलु हिंसा भेदभाव, दुव्र्यवहार हाडनाता, करणी हिंसामा परेका व्यत्ति लगाएतको बारेका छलफल तथा समिक्षा गरिएको थियो । कार्यक्रममा जिल्ला अदालत रोल्पा र जिल्ला प्रहरी कार्यलय रोल्पाको समन्वयमा अनौपचारिक सेवा केन्द्र इन्सेक राल्पाले समाजमा खलल पु¥याउने गरी हिसांत्मक गतिबिधि तथा घरेलु दुव्र्यवहारमा परेका मध्य रोल्पा नगरपालिकामा ४७ वटा उजुरी भएको समेत बताइएको छ ।

यसैगरि सुनिलस्मृति गाउँपालिकामा ४ वटा, सुनछहरी गाउँपालिकामा १ वटा, परिवर्तन गाउँपालिकामा ३ वटा, थबाङ गाउँपालिकामा शुन्य, माडी गाउँपालिकामा ५ त्रिवेणी गाउँपालिकामा ३ लुङग्री गाउँपालिकामा ५ वटा दर्ता भएको र अहिले सम्म कुनै केसको सुनाई भइसकेको जिल्ल अदालत रोल्पाका सुब्बा केशबराज श्रेष्ठ जानकारी दिनुभएको छ । रोल्पामा एक बर्षमा ७४ वटा घटना भएको समेत तथ्याङकमा उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै अथितिहरुले जिल्लामा यस्ता खालका घटनाहरु धेरै हुन्छन सबैलाई खोजि गरि राख्न समेत सुझाव दिएको थिए । रोल्पा नगरपालिकामा बढी घटना भएको पनि बताइएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमलाई सम्बोधन गर्दै रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिले सबै स्थानीय तहहरुको रिपोर्ट आएको छैन । सबै स्थानीय तहको डाटाहरु संकलन गरि समावेश गर्न समेत आग्रह गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काशिराम डाँगीको अध्यक्षतामा सुरुभएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सिता आचार्य रहनुभएको थियो ।

त्यस्तै अतिथिहरुमा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ति, रोल्पा उद्योग वाणिज्य सघंका अध्यक्ष केशब कुमार आचार्य, अधिवक्ता दामोदर सुबेदी लगाएत बिभिन्न मिडियामा कार्यरत संचारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन अनौपचारिक सेवा केन्द्र इन्सेकका जिल्ला प्रतिनिधि तिलक घर्तिमगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array