Ad image

गाउँपालिकामा सञ्चालित कार्यलाई तिव्रताका साथ अगाडि बढाउछौ:-अध्यक्ष पुन

मालश्री खबर
मालश्री खबर ३ पुष २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर, पुस ०३, रोल्पा ।   गाउँपालिकामा सञ्चालित कार्यलाई तिव्रताका साथ अगाडि बढाउने रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले बताउनु भएको छ । उहाँले नयाँ योजना बनाउने सवालमा छुटै योजना बनाएर अगाडि बढ्न र जनताहरुलइ खुशि र सम्पन्न बनाउन तर्फ आफुहरु लागी परेको बताउनु भएको छ । रेडियो मालश्रीबाट प्रशारण हुने मालश्री संबाद कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाले कार्यक्रममा बोल्दै पुर्ब अध्यक्षहरु सगँ पनि सहकार्य गरि सल्लाह सुझाब मार्फत अगाडि बढ्ने बताउनु भयो । पहिले आफु सरकार भन्दा बाहिर हुदा पनि जनताको आगँनमै रहेर जनताको कुरा सुन्ने गरेको समेत उहाले बताउनुभयो ।

उहाँले जनताका पीडा आफुहरुले जनाताका माझमै सुन्दै आफुहरुले डायरीमा टिप्पनी गरिरहेको बताउनु भयो । जनताको माझमा आमुल परिबर्तन गर्नको लागि कानुनि झनझट हुदै पनि आफूहरुले सिमित साधन श्रोत समय का साथ गाउँपालिकालाई समृद्ध बनाउन तर्फ अगाडि बढाउने बताउनु भयो । उहाले नब निर्बाचित प्रतिनिधी, कर्मचारी सबैले आ आप्नो ठाउमा रहेर काम गर्ने बताउनु भयो । जन प्रतिनिधि र कर्मचारीकोबिचमा खासै समस्या नभएको समेत उहाले बताउनुभयो । स्थानियस्तरमा भ्रष्टाचार मौलाएको हुनाले आर्थिक अनियमितासगँ जोडेर कसैले फाइदा लिन खेज्छ भने कानुन बमोजिम कार्बाहि गरिने बताउनु भयो । उहाँले पारदर्शि हिसाबले अगाडि बढ्ने बताउनु भयो । उहाले हरेक कदम क्रियाक्लाप आफुले निगरानीका साथ गरिने बताउनुभयो । जनताहरुले अपेक्षा गरे अनुसारनै काम गरिने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array