Ad image

रेमिट्यन्सले नेपालको अर्थ तन्त्रमा ठुलो योगदान पु¥याएकोे :- नगर प्रमुख थापा घर्ति

मालश्री खबर
मालश्री खबर ३ पुष २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर, पुस ०३, रोल्पा । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा बोल्दैरोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तिले बैदेशिक रोजगारी बाट भित्रिएको रेमिट्यन्सले नेपालको अर्थ तन्त्रमा ठुलो योगदान पु¥याएकोे बताउनु भयो । नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भए पनि यस्तो कार्यले देशलाई दिर्घकालमा ठुलो असर पु¥याउने उहाँको भनाई छ । नेपाली युवा युवतीहरुले नेपालमा आफ्नै पेशा व्यवसाय गर्दा हिन्नताबोध मान्ने गरेको बताउदै जब सम्म आफ्नो कामको सम्मान गर्न सकिदैन तब सम्म बैदेशिक रोजगारीमा जाने समस्या नहट्ने बताउनु भयो । नेपालमै काम गर्ने युवा युवतीलाई प्रोत्साहन गर्नु पर्ने उहाको भनाई छ ।

यदि विदश गए पनि त्यहाँ कमाएको धनलाई देशमा भित्रायी लगानी फिर्ता हुने र प्रतिफल आउने क्षेत्रमा लगानी गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । बिदेशमा कमाउने तर नेपालमा भएका परिवारले खर्च मात्र गर्ने हो भने विदेशमा कमाएको रकमको कुनै अर्थ नलाग्ने थापा घर्तिले बताउनु भयो । विदेशबाट आर्जन गरेका आर्थिक रकमलाई विभिन्न उद्योग, व्यवसाय स्थापना गरी स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न आग्रह गर्नु भयो ।‘हामिले व्यवस्था वदल्यौ अवको युवा पुस्ताले अवस्था फेर्नु पर्छ’ थापा घर्तिले थप्नु भयो । सरकारले पनि विदेश बाट फर्केकाहरुलाई विभिन्न अवसरहरु दिई उनिहरुको सीप पहिचान गर्नु पर्ने बताउनु भयो । आफ्नो पालिकामा बैदेशिक रोजगारी बाट फर्किएकालाई पनि विभिन्न अबसरहरु प्रदान गर्ने अवबको काम भएको स्पष्ट पार्र्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array