Ad image

रोजिरोटि र आर्थिक लाभको लागि नेपालीहरु बिदेशीने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी :-कोईरालाको भनाई

मालश्री खबर
मालश्री खबर ३ पुष २०७९, आईतवार
3 Min Read
Aa

मालश्री खबर, पुस ०३, रोल्पा । नेपालीहरु खासगरी रोजिरोटि र आर्थिक लाभ लिने उद्वेश्यले बिदेशीने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी धु्रबप्रसाद कोइरालाले बताउनु भयो । नेपालीहरु प्रायः पर्यटन, अध्ययन,लगानी र बैदेशिक रोजगारीका लागि जाने गरेको उहाँको भनाई छ । नेपाली नागरीक सरकारी र निजि कामको लागी विदेश जाने गरेको अन्तराष्ट्रिय आप्रवासी श्रमीक दिवस कार्यक्रमको अवसरमा बोल्दै कोईरालाले उक्त कुरा बताउनु भएको हो ।

बैदेशीक रोजगारीमा जादा कामदार ठगिने गरेको प्रश्नमा जबाफ दिदै कोईरालाले ठगीको काम सरकार र बैदेशिक रोजगार बोर्डको नभई उक्त ठगी पनि आफ्नै आफन्ति, नजिकका घर छिमेकमा भएका विचौलियाले गर्दा भएको बताउनु भयो । विदेशीने व्यक्ति विचौलियाको हातमा परेपछि श्रीङखलाबद्ध रुपमा बार्गेनीङ गरी निशुल्क रोजगारीमा जाने ठाउँमा पनि पैसा तिर्नु परिरहेको बताउनु भयो ।

नेपालबाट रोजगारीका लागि जाने मध्ये ८० प्रतिशत व्यक्ति लाई झुठा कुरा गरी विदेश सम्म पु¥याउने र २० प्रतिशत व्यक्ति त गएको केही महिनामा नै फर्कने गरी ठगी भईरहेको बताउनु भयो । निजि कामाको लागि बैदेशीक रोजगारीमा गएका मात्र यसरी जालसाजी गरी ठगीने गरेको उहाँको भनाई छ । तर कोईरालाले विभिन्न सरकारी कामकाज गर्नको लागी विदेश गएका व्यक्ति लाई भने यस्तो ठगीको समस्या नआउने कुरा उल्लेख गर्नु भयो ।

निमित्त प्रमुख जिल्ला अधिकारीकोइरालाले बैदेशिक रोजगारीमा जानु भन्दा पहिले म कुन देशमा जादैछु , कुन कम्पनिमा के कामको लागी जाने हो, त्यहाँ जान कति लागत लाग्दछ, त्यस कम्पनिमा काम गर्दा कति पारिश्रमीक दिन्छ भन्ने कुरा पहिलै थाहा पाएमा ठगी हुने र बिचमा कुनै समस्या नआउने उहाँको भनाई छ । साथै उहाले श्रमस्वीकृति लिएर मात्र रोजगारीमा जान आग्रह गर्नु भयो । अहिले नेपालका युवा युवतिहरु धेरै जसो खाडी मुलुक र मलेसियमा जाने गरेको बताउनु भयो ।

- Advertisement -
Ad image

बैदेशिक रोजगारीमा जाने कामदारले पनि आफु कुन कामको लागि जान लागेको हो त्यस्तो काम सिकेर गएमा पारिश्रकिक पनि बढि पाईने बताउनु भयो । सीप सिकेर जादा काम गर्न सहज हुने उहाँको भनाई छ । साथै उहाँले रोजगारीका लागि जाने देशको भाषा, कानुन, नीति, नियमको बारेमा ज्ञान राखेर गएमा झनै सहज हुने बताउनु भयो । कोईरालाले स्तरीय कामको लागि सीप सिकेर जानु पर्ने बताउनु भयो ।

नेपालीले नेपालीलाई नै विशेशमा होस या स्वादेशमा होस ठगी गर्ने समस्या भएकाले सर्वप्रथम त बैदेशिक रोजगारी वोर्डबाट श्रम स्वीकृति लिनु पर्ने, नेपालको यएरपोर्ट भएर रोजगारीका लागी गएमा खासै समस्या नआउने उहाँको भनाई छ । अवैधानिक बाटोबाट गएमा र एजेण्टको माध्यमबाट बिदेश नगई सम्वन्धीत निकायसंग सम्पर्क राखि जान समेत आग्रह गर्नु भयो ।

बैदेशिक रोजगरीमा गएर यदि कोहि कसै अलपत्र परेमा पालिकाको रोजगार केन्द्र, जिल्ला प्रशासन कार्यलय , परराष्ट्र मन्त्रालय र विदेशमा नै सम्पर्क गर्ने भए सम्बन्धीत देशको राजदुतावासमा कल, इमेल वा एस एम एक गर्न आग्रह गर्नु भयो । बिदेशमा अलपत्र परेमा यी कार्यलयले सहयोग गर्ने बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

Array