Ad image

अन्तर्राष्ट्रिय आप्रवासी श्रमीक दिवस रोल्पामा पनि मनाइयो 

मालश्री खबर
मालश्री खबर ३ पुष २०७९, आईतवार
7 Min Read
Aa

मालश्री खबर, पुस ०३, रोल्पा । आज डिसेम्बर १८ गतेका दिन अन्तर्राष्ट्रिय आप्रवासी श्रमीक दिवस २०२२ रोल्पामा पनि मनाईएको छ । दिवसको अवरमा सुरक्षित बैदेशिक रोजगारीका लागि सरोकारवालहरुसंग प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको छ ।

“स्वदेशमा नै रोजगारी गरौँ, बैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔ” “वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान” भन्ने मुल नाराका साथ रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, लिवाङ रोल्पामा कार्यक्रम सञ्चालन गरीएको हो ।

आप्रवासी हकहित संरक्षण केन्द्रको आयोजनामा सञ्चालित कार्यक्रमको सातताले खोला देखि टुडिखेल सम्म प्रभातफेरी गरी सुभारम्भ गरी विहान ९ बजे अन्तरक्रिया तथा छलफल गरी मनाइएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा बैदेशिक रोजगार बोर्डका विष्णु आर्यलले कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो ।

- Advertisement -
Ad image

आर्यलले समग्र नेपालमा बैदेशिक रोजगरीमा जानेको कति छन्, कुन कुन माध्यमबाट रोजगरीमा जना सक्छन् भन्ने विषयमा प्रष्ट पार्नु भयो । नेपालमा अहिले सम्मको तथ्याङक अनुसार करीब ६३ लाख नेपाली बैदेखिक रोजगारीका लागि नेपाल भन्दा वाहीर रहेको जानकारी दिनु भयो ।

नेपालबाट दैनिकी २५ सय जना नेपाली नागरीक रोजगारीको लागि विदेशिने गरेको तथ्याङकले देखाएको छ । ति मध्ये दैनिक रोजगारीमा गएका मध्ये ३ जना नेपाली कामदारको लास नेपाल आई पुग्ने गर्दछ । कोभिड पछि पनि विदेशीनेको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल सरकारले हाल १११ देशमा बैदेशिक रोजगारीको लागि ठाउँ खुल्ला गरेको छ ति मध्ये ईराक, अफगानस्थान र लिवियमा भने रोक लगाएको छ ।

बैदेशि रोजगारीमा खुला गरिएका १११ देश मध्ये नेपालीहरु बढी खाडिमा पलायन भएको तथ्याङकले देखाएको छ । ती बाहेक कोहि युरोपका देशहरुमा पनि गएका छन् भने कोही विकसित देशहरुमा अध्ययनको लागि गएका छन् । मलेसियामा सबै भन्दा बढी नेपाली कामदार रहेका छन् । बैदेशिक रोजगारीमा गएकाहरुले पठाएको विप्रेशनले नेपालको कुल जिडिपीमा २३ दशमलव ८ प्रतिशत योगदान पु¥याएको छ ।

त्यस्तै लुम्बीनी प्रदेशमा आर्थिक बर्ष ०७७÷७८ को तथ्याङ्क अनुसार ६८हजार २ सय ७६ जनाले बैदेशीक रोजगारीका लागि श्रम स्वीकृति लिईएको पाईएको छ । ति मध्ये २ दशमलब ५ प्रतिशत महिलाले श्रम स्वीकृति लिएका छन् । लुम्बीनी प्रदेशमा रहेका जिल्ला मध्ये सबै भन्दा बढी नबलपरासी जिल्लाबाट श्रम स्वीकृति लिएका छन् ।

०७७÷७८ मा रोल्पामा बैदेशिक रोजगरीमा गएका व्यक्तिको सङख्या अहिले सम्म २४ हजार ५ सय ७९ रहेको छ । ०७७÷७८ मा नै ७ हजार ६ सय ७९ जनाले श्रम स्वीकृति लिएको छन् भने एक हप्तामा कम्तिमा पनि एक जनाले विदेशमा ज्यान गुमाएर रोल्पामा लास आउने तत्थ्याङकले देखाएको छ । बैदेशिक रोजगारीमा जादा नेपाल सरकारको बैदेशिक रोजगार वोर्डबाट श्रम स्वीकृति लिएर जादा हुने फाईदा, सेवा सुविधाका बारेमा कार्यक्रममा प्रतुत गरीएको थियो ।

कार्यक्रममा आर्यलले बैदेशिक रोजगारीमा स्वादेशमा हुदाँ र विदेश गए पछि हुने चौनौतिहरु, बैदेशिक रोजगारीका फाईदा, समुदाय तहमा बैदेशीक रोजगारकिो असर लगाएतका विषयमा प्रतुति गर्नु भएको थियो । यी समस्या तथा चुनौतिलाई स्थानिय तहले कसरी योजना बानाउन सक्छ र त्यसको प्रभाकारी कार्यान्वयनका लागि गर्न सक्ने कुराहरु पनि प्रस्तुति गरीएको थियो ।

आजा आयोजना भएको कार्यक्रममा बैदेशिक रोजगारीमा गएर दुःख भोगेका केहि युवाहरुले आफ्नो अनुभव तथा जिज्ञासा राखेका थिए । रोल्पा नगर पालिकाका ज्ञान किरण केसीले सरकारले बैदेशिक रोजगारीमा गएकोहरुको विवरण सरकारले नराखेको बताउनु भयो । साथै उहाँले फ्र्रि भिसा फ्रि टिकेट भनेर भने पनि आफुहरुबाट विभिन्न मेनपावर कम्पनीले पैसा असुल्ने गरेको वताउनु भयो । त्यसरी विदेश गएपनि नेपालमा एउटा काम र तलब भनिदिने तर विदेश गए पछि अर्को काम र तलब दिने गरेको बताउनु भयो । यस्तो हुनुमा सरकारले विदेशिएका नागरीकलाई लापरवाही गरेर वास्ता नगरेको समेत बताउनु भयो ।

अर्का बैदेशिक रोजगारमा गई लामो समय जेल बसी व्लड मनि नेपाली रुपैया करीब ६७ लाख तिरेर स्वदेश फिर्ता आएका रोल्पा नगरपालिकाका दिलबहादुर घर्तिले पनि २०६३ साल जेठ २८ गते १६ सयसाउदी अरबमा मेनपावरबाट सोधपुछ गरी स्काभेटर चलाउने सीप सिकी महिनामा १६ सय मलेसियन रिङगेटमा काम गर्ने सम्झौतामा विदेश जानु भयो । तर मलेसिया पुगे पछि नेपालमा सिकेको कमा भन्दा फरक काम दिएको बताउनु भयो । यी प्रतिनिधि पात्र जस्ता धेरै नेपालीले नेपाली दललबाट ठगीई विदेशमा दुख पाएको घर्तिले गुणासो गर्नु भयो ।

 

विदेश गएपछि किड्नी खराब भएर स्वदेश फर्किएका रोल्पा नगरपालिकाका दुर्गाबहादुर वलीले बैदेशिक रोजगारी वोर्डले दिने सेवा सुविधाको बारेमा आफु अनविज्ञ भएको र वोर्डले दिने सेवाको बारेमा आजाको छलफलको कार्यत्रममा मात्र थाहा पाएको बताउनु भयो । वोर्डले वैदेशीक रोजगारीमा जानेहरुलाई दिने सेवा सुविधाको बारेमा सवै नागरीकले थाहा पाउने गरी बृहत रुपमा छलफल र बहस गरी जानकारी गराउन पनि आग्रह गर्नु भयो ।

आप्रवासी हकहित संरक्षण संस्था रोल्पाकाका अध्यक्ष सन्दीप थापाले बैदेशिक रोजगारीमा गएका नागरीकलाई वेवास्ता गरेको आरोप लगाउनु भयो । सरकारले विदेशिएका नागरीक लार्य निरह र लाचारको व्यबहार गरेको समेत बताउनु भयो । विदेशबाट सीप सिकी फर्किएको युवा युवतिको सीपको कदर र सम्मान गर्न नसकेको बताउनु भयो । अझै पनि नेपाली युवा युवति आफ्नो भविष्य बनाउनु खाडी जानु पर्ने बाध्यता रहेको उहाँको भनाई छ । अहिलेको यो संघिय सरकारले बैदेशिक रोजगारीबाट फर्किएर नेपालमै केही गर्न चाहनेहरुलाई कुनै पनि किसिमले सहयोग नगरेको बताउनु भयो । आगमी दिनमा पनि सरकारले यस्तै व्यवहार गर्ने हो भने देशले ठुलो मात्रामा युवाशक्ति गुमाउने र देशको विकाशलाई पछि ढकेल्ने उहाँको आकलन छ ।

 

कार्यक्रममा सहभागीहरुले पनि बैदेशिक रोजगारीमा जानै परे श्रम स्वीकृति लिएर जानु पर्ने बताएका छन् । विदेशबाट सीप सिकी आएका ति व्यक्तिको सीपको सम्मान गर्दै आफ्नै ठाउँमा केही इलम गर्ने कुरामा सम्बन्धीत निकायको ध्यान जान आवश्यक रहेको औल्याएको छन ।

 

दिवसको अवसरमा आयोजकले जिल्लामा भएका माध्यमिक तहमा अध्ययन गर्ने वद्यार्थीहरुको लागि आप्रवासी कामदारसंग सम्वन्धित विषयमा निबन्ध प्रतियोगिता समेत आयोजना गरेको थियो । उक्त निबन्ध प्रतियोगितामा तुल्सी इङग्लिस वोर्डिङका प्रकान्त घर्ति प्रथम, सोहि वोर्डिङका स्वर्णिम आचार्य द्वितिय र शिबम गप्ता तृतिया आएका थिए । प्रथम, द्धितिय र तृतिय हुनलाई प्रमाणपत्र र नगद पुरस्कारको समेत प्रदान गरीएको थियो ।

 

आप्रवासी हकहित संरक्षण संस्थाका अध्यक्ष सन्दीप थापको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको विशिष्ट अतिथीमा निमिक्त प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइराला रहनु भएको थियो भने अतिथीमा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्रर थापा घर्ति रहनु भएको थियो । कार्यक्रममा विभिन्न गैर सरकारी संस्थाका प्रमुख, रोजगारी बाट फर्किएका विभिन्न व्यक्ति, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतको उपस्थिति रहकेको थियो । कार्यक्रमको सञ्चालन सुकलाल घर्तिले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array