Ad image

रुन्टिगढी गाउँपालिकले ९ वटा वडामा सामाजिक सुरुक्षा भत्ता वितरण

मालश्री खबर
मालश्री खबर ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर, पुस ०२, रोल्पा । रुन्टिगढी गाउँपालिकाले ९ वटा वडाहरुमा नै सामाजिक सुरुक्षा भत्ता वडा बाटै वितरण सम्पन्न गरेको हो । रुन्टिगढी गाउँपालिकाका उपाध्यक्ष सरिता केसीको बिशेष उपस्थितिमा सुरुक्षा भत्ता वितरण गरिएको थियो । राष्ट्रिय वाणिज्य बैंक होलेरीको सहयोगमा रुन्टिगढी गाउँपालिकाका को ९ वटा वडा मै पुगेर भत्ता वितरण कार्यक्रम रुन्टिगढी गाउँपालिका वडा नं. ३ जबाङमा वितरण गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

उक्त सेवालाई गाउँपालिकाले निरन्तरता दिने बताउँदै हरेक त्रैमासिक भत्ताका लागि सेवाग्राहीको घर नजिकैको वडा कार्यालय बाट पाउने व्यवस्था गरिरहने प्रतिवद्धता गरेको छ । त्यस्तै यस कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै जन प्रतिनिधि कर्मचारी पत्रकार राजनितिक दल तथा बुद्विजिबि वर्गहरुलाई आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array