Ad image

जनशक्ति अभावका कारण सोचेजती काम हुन सकेन-अध्यक्ष बुढा मगर

मालश्री खबर
मालश्री खबर २ पुष २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर, पुस ०२, रोल्पा । जनशक्ति अभावका कारण आफुले सोचेजती काम गर्न नसकेको रोल्पाको थबाङ गाउ पाािलकाका अध्यक्ष रिषिकेश बुढा मगरले बताउनु भएको छ । थबाङ गाउपालिकामा ५ वडा वडा भएकोमा कुनै वडामा पनि सचिब नहुँदा स्वास्थ्य शाखाका कर्मचारी कृषि शाखाका कर्मचारीहरुले उक्त स्थानमा सचिबको काम गरिरहेको समेत उहाले बताउनु भयो । सामुदायिक रेडियो मालश्रीबाट प्रसारण हुने मालश्री संबाद कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले सचिबको पद मात्र रिक्त नभएर इन्जीनियर , सब इन्जीनियर लेखा जस्ता पद रिक्त भएको हुदा आफुहरुलाइ काम गर्न अलिक असहझ भएको बताउनु भयो । आफु निर्बाचित भएर आइसकेपछी बाहिर बसेर देखेको र सोकेको हुन्छ त्यो नभएर निति, नियम, कानुमा बाधिएर सोचे भन्दा फरक ढंगले आफुले कामगर्नु परीरहेको बताउनु भयो । बुढाले अघिल्लो ५ बर्षो कार्यकाल सकेर जानु भएका पुर्ब अध्यक्षहरु सँग छलफल तथा सोध पुछ गरेर पहिलेका कार्यकालमा बनाएको योजनालाई कार्यान्वयन गर्ने बताउनु भयो साथै उहाँले आगामी दिनहरुमा पालिकाका वासीको आवश्यकतालाई मध्यनजर गर्दै योजना बनाउने र त्यसको कार्यान्वयन गर्दै जाने बताउनु भयो ।

अहिले निर्वाचित भएर आएका सम्पुर्ण प्रतिनिधि सँग बृहत रुपमा छलफल गरेर गाउँपालिको आर्थिक, सामाजिक, भौतिक, स्वस्थ्य, शिक्षा, सांस्कृतिक विकासको लागी अबको कार्यकाल बिताउने समेत बताउनु भयो । रिक्त भएको कर्मचारीको पदमा छिटोे भन्दा छिटो कर्मचारी पदस्थापना गर्नको लागि माथिल्लो निकायसँग छलफल गर्ने जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array