Ad image

विकास निर्माण गर्न मन्त्री नै बन्नुपर्छ भन्ने छैन : प्रकाशमान सिंह

मालश्री खबर
मालश्री खबर २ पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं । कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन् । काठमाडौंको शंखमुलमा शनिबार आयोजित कार्यक्रममा उनले विकास निर्माणका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको औल्याए ।

उनले भने,  ‘म जनप्रतिनिधि हुँ । म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नी । मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु,’ सिंहले भने। यद्यपि, प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्ने आत्मविश्वास आफूमा रहेको बताए। प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न नसक्ने पनि सिंहको भनाइ थियो । उनले भने, ‘यो त तपाईँहरूले मात्रै चाहेर पनि हुँदैन। मैलेमात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदैछ। त्यसमा निर्भर गर्छ ।’

प्रतिक्रिया दिनुहोस्

Array