Ad image

स्थानीय तहमा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सेवा विषयक सार्वजनिक सुनुवाई माडी गाउँपालिकामा सम्पन्न

मालश्री खबर
मालश्री खबर २ पुष २०७९, शनिबार
3 Min Read
Aa

मालश्री खबर, पुस ०२, रोल्पा ।  स्थानीय तहमा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सेवा विषयक सार्वजनिक सुनुवाई कार्यक्रम माडी गाउँपालिकामा सम्पन्न भएको छ । माडि गाउँपालिकाको आयोजनामा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम आज गरिएको हो । पास नेपाल रोल्पा, आईपास नेपाल रोल्पाकोे सहयोगमा कार्यक्रम गरीएको बताईएको छ । कार्यक्रमको सहजिकरण सामुदायीक रेडियो मालश्री १०० विन्दु ५ मेघाहर्ज लिवाङ रोल्पाले गरेको थियो । गाउँपालिकामा भएका यौन जन्य समस्या भएमा गाउँपालिकाले के कसरी उपचार तथा परामर्शको व्यवस्था गरेको छ, प्रजनन् स्वास्थ्यको बारेमा सम्पुर्णलाई सुचना दिनको लागी पालिकाले के के कार्यहरु गरिरहेको छ, प्रजनन् शिक्षा दिनको लागी किशोर किशोरीलाई के केस्तो शिक्षाको व्यवस्था गरेको छ ।

पालिकामा प्रजनन् स्वास्थ्यको अवस्था कस्तो रहेको छ, पालिकामा सुरक्षित गर्भपतनको सेवा दिनको लागी के कस्ता चिकित्सकहरु रहेका छन्, सुरक्षित गर्भपतनको लागि कहाँ कहाँ जाने, सुरक्षित गर्भपतन नगर्दा के कस्ता असर देखा पर्दछ, यी समस्या भएमा पालिका स्तरमा बजेट विनियोजन गर्ने काम भईरहेको छ या छैन लगायतका विषयमा सार्वजनिक सुनुवाई गरीएको थियो ।


उक्त कार्यक्रममा यी सेवालाइ चुस्त तथा प्रभाकारी बनाउनको लागि पालिकाले के गर्न सक्छ र पालिकामै सहज रुपमा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा उपचार तथा जानकारी लिन सकिन्छ भन्ने बारे छलफल समेत भएको थियो । कार्यक्रममा सहभागिहरुले यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा विद्यालय, गाउँटोलमा अभिमुखिकारण कार्यक्रम गर्नु पर्ने बताएका थिए भने सबै वडाहरुले यस विषयमा जनचेतना फैलाउनका लागि बजेट विनियोजन गर्नु पर्ने समेत बताएका थिए ।

- Advertisement -
Ad image

पालिकामा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सेवाको बारेमा नियमित रुपमा विभिन्न कार्यक्रम गरी यस बारेमा जानकारी दिईएको गाउँपालिका उापाध्यक्ष जयपुरी घर्तिले बताउनु भयो । पालिकामा हुने स्वास्थ्य सेवामा कुनै लापरबाही नगरी विभिन्न बजेट छुट्यायी त्यसको सहि रुपमा कार्यान्वयन भई रहेको पनि घर्तिले जानकारी दिनु भयो । उपाध्यक्ष घर्तिले यस विषयमा पालिकाले उचित रुपमा छलफल र बहस गरी यौन तथा प्रजनने स्वास्थ्यको बारेमा आफ्ना जिज्ञासा तथा यस विषयमा भएका समस्याको समाधानमा गाउँपालिका सधै सकारात्क रहेको धारणा व्यक्त गर्नु भयो ।

साथै उहाँले पालिकामा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्ष्ति गर्भपतन सेवा सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम गर्न सहयोग गर्ने पास नेपाल रोल्पा, आईपास नेपाल रोल्पा र सहजिकरण गरीदिने सामुदायीक रेडियो मालश्री प्रति पनि कृतज्ञता ब्यक्त गर्नु भयो । उक्त कार्यक्रममा माडि गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तिको अध्यक्षतामा सञ्चालन भएको हो । कार्यक्रमको सहजिकारण रेडियो मालश्रीका लोकेन्द्र चन्द र गणेश केसीले गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य धनमाय घर्ति, वडा नम्बर ५ का वडा अध्यक्ष तेजेन्द्र बुढामगर, घर्तिगाउँ स्वास्थ्य चौकीका अ.हे.ब नन्दबहादुर घर्तिमगर लगाएत विभिन्न राजनितिक दलका प्रतिनिधि पालिका भित्रका किशोर बिशोरी ,महिला, हजार दिने आमा लगाएत सम्बन्धीत निकायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array