Ad image

स्याङ्जामा पर्खालले थिचिँदा मजदुरको ज्यान गयाे

मालश्री खबर
मालश्री खबर २ पुष २०७९, शनिबार
0 Min Read
Aa

मालश्री खबर, पुस ०२, रोल्पा । स्याङ्जाको वालिङमा पर्खालले थिचिँदा एक मजदुरको ज्यान गएकाे छ । हिजाे वालिङ नगरपालिका–८ डुम्रिकोटमा रहेकाे डुम्रिकोट–मिर्दी सडक खण्डमा काम गर्ने क्रममा पर्खालले थिचिँदा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको ज्यान गएकाे हाे ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक बिनोद सुवेदीका अनुसार सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङमा रहेकाे गह्रौँ प्राथमिक अस्पतालमा ज्यान गएकाे हाे।

प्रतिक्रिया दिनुहोस्

Array