Ad image

स्थानिय तहमा संचालित मिडियाले स्थानिय तहकै समस्यालाई उजागर गर्नु पर्छ — केन्द्रिय सदस्य पोख्रेल

मालश्री खबर
मालश्री खबर १ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

 

बिनोद श्रेष्ठ, पुस १, रोल्पा ।

पत्रकारको पेशागत सुरक्षाको हिसाबले अहिले पनि पत्रकारहरु मुक्त हुन नसकेको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शुसिल पोख्रेलले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ आफुले आवाज उठाने पर्ने क्षेत्रमा आफ्नो आज वुलन्द परिरहे पनि राज्य पक्षबाट अपेक्षित परिणामा नआएको बताउनु भयो । रेडियो मालश्रीको सम्बाद कार्यक्रममा बोल्दै पोख्रेलले उक्त कुरा बताउनु भएको हो । महासंघ आफ्नै पोशागत मुद्धामा अल्झिरहेको बताउनु भयो ।

 

- Advertisement -
Ad image

अहिलको सन्दर्भमा स्थानिय तह स्थतनिय सन्चारमाध्मको लागि जवाफ देहिता हुनुपर्ने स्थािनय तहलाइ झक झकाउनु पर्ने, स्थानिय तहलाइ दबाब दिनुपर्ने बताउनु भयो । बाटो, भवन बनाउनु मात्र विकास नभई मानव संसोधनको उचित परिचालनबाट गाउँ समाज र देश परिवर्तनमा भुमिका खेल्ने मिडिया पनि देश विकासको एक स्तम्भ तेस्रो आँखा भएको समेत जिकिर गर्नु भयो । विशेष गरी स्थानिय तहमा संचालित मिडियाले स्थानिय तहकै विभिन्न समस्यालाई उजागर गर्नु पर्ने पनि बिचार ब्यक्त गर्नुभयो । महासँघ पनि कार्ययोजना अनुसार अडागि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले मिडिया क्षेत्रमा पनि राजनैतिक प्रभावले पत्रकारहरु पनि बिचौलियाको समस्या भएको बताउनु भयो । उहाँले पत्रकारको सर्टिफीकेट मात्र उचालेर म पत्रकार हुँ भन्ने धेरै भएको बताउनु भयो । तर पत्रकार भनेको एउटा नागरिक समाजलाइ अगाडि बढाउने, नागरिकलाइ आँखा देखाउने ब्यक्ति हुनु पर्ने बताउनु भयो । दक्षिण एसियामै सबैभन्दा ठुलो भुमिका भनेकोनै मिडिया भएको बताउनु भयो । उहााले बिश्व हल्लाउने भनेकै मिडिया क्षेत्र भएको दाबि समेत गर्नुभएको छ । पोख्रेलले राजनितिक दलको दलदलबाट माथी उठेर सत्य तत्थ्य खबर बाहिर ल्याउन समेत आग्रह गर्नु भयो । निष्पक्ष र स्वतन्त्र ढंगबाट गाउँ समाजमा भएको यथार्थ घटनालाई बाहिर ल्याउन पाउने अधिकार पत्रकारलाई भएको समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array