Ad image

चिसो बढेसँगै स्वास्थ्यमा सतर्कता अपनाउन डाक्टरको सुझाव

मालश्री खबर
मालश्री खबर १ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, पुस ०१, रोल्पा । रोल्पामा जाडो ह्वाट्टै बढेको छ । आज मंसिरको अन्तिम दिन, गत सालको भन्दा यो साल निकै जाडो बढेको यहाँका स्सथानियहरुको भनाईछ । जाडोयाम बढेसँगै सदरमुकाम लगाएत जिल्लाका विभिन्न बजारहरुमा जाडोको कपडाले बजार छपक्कै ढाकीएको छ । विभिन्न ब्राण्डका नयाँ नयाँ ज्याकेट तथा सुईटरहरु बजारका पसल पसलमा झुण्डीरहेका छन् । सोही अनुसार ग्राहले पनि डिजाईन अनुसारका ज्याकेट तथा सुईटर किनेकर लगाई रहेका छन् । सवै सिजनमा व्यस्त हुने रोल्पाका यी बजारहरु जाडोयाममा जाडो याममा निकै व्यस्त हुने गर्दछन् ।

व्यापार बढेसँगै व्यापारीहरु पनि निकै व्यस्त हुने गर्दछन् । यो सिजनमा व्यापार राम्रो हुने एक व्यापारीले बताउनु भयो । जाडोयाम बढेसँगै आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरहरुले सुझाएका छन् । जाडोको मौसममा सामन्यतयरा रुघाखोकी, दम, हाड जोर्नी, उच्च रक्तचाप, निमोनिया जस्ता समस्या बढेर जाने समस्या हुने गर्दछन् ।

 

रोल्पामा भएका सम्पुर्ण बालबालिका, बृद्धबृद्धा लगाएत बयस्कले समेत सतर्कता अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । रोल्पाका केही भागहरुमा अत्याधीक चिसो हुने भएकाले त्यस ठाउँका स्थानियले ख्याल आग्रह गरे । आफ्नो दैनिकी काम गर्दै जादा सतर्कता अपनाउनु पर्ने उनिहरुको भनाई छ । विशेषगरी यो समयमा चिसोबाट जोगीनु पर्ने स्वास्थ्यकर्मिहरुले सल्लाह दिने गर्दछन् । यस्तो समयमा शारिरीक व्यायम, पोषिलो खाना, सरसफाईमा उचित ध्यान दिनु पर्ने हुन्छ ।

- Advertisement -
Ad image

जाडो याममा सकेसम्म झोलिलो खानेकुरा खाने, प्रसस्त मात्रामा सुद्धिकरण गरीएको तथा उमालिएको पानी पउने, पोषिलो खानेकुरा नियमित खाने, न्यानो कपडा लाई जाडो यामबाट हुने विभिन्न समस्याबाट वच्न सुझाएका छन् । यो समयमा विशेष गरी बृद्धबृद्धामा दम रोग बढ्ने भएकाले धुवाँ धुलोबाट वच्ने, धुम्रपान तथा मध्यपान नगर्ने, न्यानो कपडा लगाएमा यस्ता समस्याबाट बच्न सकिन्छ ।

साथै बालबालिकालाई रुघारकोकी तथा निमोनियाको समस्या हुने भएकाले प्रयाप्त मात्रामा न्यानो बनाई स्तनपान गराउने, धुवाँबाट बचाउने, घाममा सेकाउने, सफा कपडा लागाई गर्नु पर्दछ । जाडो याम बढेसँगै व्यापारिहरुको व्यापारमा बृद्धि भए सँगसँगै आफ्नो स्वास्थ्यको ख्याल गरेर न्यानो भइै बस्नसमेत डाक्टरहरुले सुझावदिएका ।

प्रतिक्रिया दिनुहोस्

Array