Ad image

रोल्पामा हत्या आरोपित २९ वर्षपछि पक्राउ

मालश्री खबर
मालश्री खबर १ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, पुस ०१, रोल्पा । हत्या मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना २९ वर्षपछि पक्राउ परेका छन । पक्राउ पर्नेमा साविक गैरीगाउँ गाविस वडा नं.९ राम्मी धुलसीबोट हाल त्रिवेणी गाउँपालिका वडा नं.७ गैरीगाउँ राम्मी धुलसीबोट बस्ने तत्काल २४ वर्षिय अमर बहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । २०५० असाोज ३१ गते राती ९ बजेतिर समयमा बस्ने तत्काल ३३ वर्षिय अम्मर सिंह झाक्री माथि घरेलु हातहतियार प्रयोग गरेर कुटपिट गरि हत्या आरोपमा फरार प्रतिवादी डाँगीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताउनुभएको छ ।

हत्या भएका झाँक्री र आरोपित डाँगी बिच राजनितिक बिषयमा वादविवादमा झै–झगडा डाँगीले झाक्रीलाई ढुङ्गा ,लाठी ,छुरी ,भाला समेतले आक्रमण गरि निर्मम तरिकाले कुटपिट पश्चात हत्या गरि तत्काल भागि फरार रहेकोमा रोल्पा जिल्ला अदालतले डाँगी विरुद्ध मिति २०७० वैशाख ३१ गतेको फैसलाले सर्वस्व सहित जन्मकैद २० वर्ष सजाय फैसला भएकोमा फरार सुचीमा रहेका डाँगी विरुद्ध सुक्ष्म अनुसन्धान सहित खोजतलास भइरहेका बेला बुधबार जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा रुण्टीगढी गाउँपालिका वडा नं.६ डुव्रिङबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक घिमिरेले बताउनुभयो ।

पक्राउ परेका डाँगीलाई बिहीबार जिल्ला अदालतको आदेश अनुसार कैद ,सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय चलान गरिएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array