Ad image

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको १२ आंै साधरण सभा लिवाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २९ मंसिर २०७९, बिहीबार
7 Min Read
Aa

मालश्री खबर, मंसिर २९ गते, रोल्पा ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको १२ औ साधरण सभा बुधबार रोल्पाको सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र पुनको प्रमुुख आथित्यता भएको कार्यक्रमको बिशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशिल पोख्रेल र जिल्ला समन्वय समितरु रोल्पाका उपप्रमुख कर्मलाल परियार रहनु भएको नेपाल पत्रकार महासंघ रोल्पाका सचिब लोकेन्द्र चन्दले जानकारी दिनु भएको छ ।


नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नबिन लोचन मगरको अध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष तथा सल्लाहकार काशिराम डाँगी, रोल्पा नगरपालिकाकी उपमेयर गिता आचार्य, नेपाली कांग्रेस रोल्पाकी उपसभापती कबिता उपाध्याय, नेकपा एमाले रोल्पाकी जिल्ला कमिती सदस्य सुदा न्यौपाने, नेकपा माओबादी केन्द्र रोल्पाका सचिव पुर्ण केसि, नेपाल कम्यनिष्ट पाटीका बैकल्पिक केन्द्रिय सदस्य सन्तोष सुबेदी, नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डिबी घर्तीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका पुर्ब अध्यक्ष खेमबहादुर बुढामगर, समाजसेबी तथा राजनितिज्ञ कृष्णबहादुर घर्तिमगर, अधिबक्ता समाजसेवी तथा राजनितिज्ञ जितबिक्रम मल्ल र जिल्ला स्थित पत्रकारहरुको बिभिन्न सुभेच्छुक संघ संगठनको तथा बाट प्रेस सेन्टर रोल्पाकी अध्यक्ष देवि गुरुङ लगाएतले कार्यक्रम सफल्ताको शुभकामना मनतब्य राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनले कमाण्डर हुने र कमान्डिङ गर्ने कुरा, पत्रकार हुनु र पत्रकारीता गर्ने , नेता हुन र नेतृत्व लिने कुरा, शिक्षा लिनु र शिक्षीत हुने कुरा फरक भएको भए पनि आज यो कुराको फरक छुट्यान नसक्दा सबै कुरा एउटै रुपमा लिउदा आज समाज अलमलमा परेको बताउनु भएको थियो । यो सबै कुरा को फरक छुट्यान शिक्षाले मात्रै छुट्याउन सक्ने भएको हुनाले त्यो शिक्षाको अभाबमा अहिलेको समाज आफ्नो नजरमा भाडिएको समेत बताउनु भयो । समाज सामाजिक धार राजनैतिक गरि दुई धार बाट अगाडी बढ्न सकेमात्र समाजमा केहि परिर्बतन आउने समेत बताउनु भएको थियो । आज मान्छेहरु सामाजिक हुन सके नसामाजिक बन्न सकै त्यसैको परिणाम आज यो अवस्थामा समाज पुगेको समेत बताउनु भएको थियो ।

जहिले पनि आफुले गरेको राम्रो र नराम्रो कामको सबै कामको जस अबजस लिउने अवस्थामा पुग्दैन तब सम्म समाज निमार्णमा कसैको केहि नलाग्ने बताउनु भयो । पत्रकारिता क्षेत्रले यो सबै कुरालाई सहि ढंगबाट कलम चलाएर अगाडी बढ्न सकेमा यस्ता समस्या धेरै हदसम्म अनत्य हुने प्रदेश सभा सदस्य पुनेले बताउनु भएको छ । अहिले राजनितीक क्षेत्रले सबै क्षेत्रलाई हस्तक्षप गर्न खोज्दा यो अवस्था आइएको हुनाले अब पत्रकारीता क्षेत्र राजनितीक क्षेत्र भन्दा बाहिर गएर राज्यले गर्ने गलत कार्यको खबरदारी गर्न सँगै सधै निष्पक्ष कलम चलाउन पत्रकारहरुलाई सुझाब दिनु भएको थियो ।

- Advertisement -
Ad image


त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सुशिल पोख्रेलले जनयुद्ध देखि लिएर अहिलेको संघिय संरचनामा देश आई पुग्दा रोल्पाको समग्र जनताले दिएको योगदान र भुमिकाको आधारमा रोल्पासंग आत्मियताको सम्बन्ध रहेको बताउनु भएको थियो ।
पोख्रेल मिडिया भित्र पनि बिचौलियाको समस्या भएको बताउनु भयो । नेपाली पत्रकारीताको करीब ६ दशक भन्दा लामो ईतिहास रहेको उल्लेख गर्दै पोख्रैलले सङख्यात्मक रुपमा धेरै पत्रकार भए पनि देशको परिवर्तनको निमिक्त आफ्नो भूमिका निर्वाह गर्ने पत्रकार खासै नभएको प्रतिक्रिया दिनु भएको थियो । पोख्रेलले राजनितिक दलको दल—दलबाट माथी उठेर सत्य तत्थ्य खबर बाहिर ल्याउन समेत रोल्पाका पत्रकारहरुलाई आग्रह गर्नु भयो । निष्पक्ष र स्वतन्त्र ढंगबाट गाउँ समाजमा भएको यथार्थ घटनालाई बाहिर ल्याउन पाउने अधिकार पत्रकारलाई भएको समेत बताउनु भयो ।

नेपाल पत्रकार महासंघ पेशागत मुद्धाको सवालमा लड्ने संस्था भएको बताउनु भएको छ । साथै नेपाली पत्रकारहरुको आस्था र निष्ठाको संगठन भएकाले यसले पेशागत मुद्धा र पत्रकारहरुको क्षमता बढाउने महासंघको चाहाना भएको स्पष्ट पार्नु भयो । पोख्रेलले स्थानिय तहमा सञ्चालन भएका मिडिलाहरुलाई स्थानिय तहले बढि प्राथमिकता दिन पर्ने बताउनु भयो । स्थानिय तहमा सञ्चालित यी मिडियालाई स्थानिय तहले ध्यान नदिएको हुनाले पनि मिडियालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिरहेको बताउदै स्थानिय तहलाई त्यस तर्फ ध्यानार्कसन गराउनु भयो । बाटो, भवन बनाउनु मात्र विकास नभई मानव संसाधनको उचित परिचालन बाट गाउँ समाज र देश परिवर्तनमा भुमिका खेल्ने मिडिया पनि देश विकासको एक स्तम्भ भएको समेत जिकिर गर्नु भयो ।
विशेष गरी स्थानिय तहमा संचालित मिडियाले स्थानिय तहकै विभिन्न समस्यालाई उजागर गर्नु पर्ने तर्क राख्नु भयो । जुन रुपमा अहिलेको समयमा प्रेस काउन्सिलले विज्ञापन वितरण गरीरहेको छ, त्यसमा आफ्नो असन्टुष्टि समेत व्यक्त गर्नु भयो । काउन्सिलको श्रेणिकरण गरेर विज्ञापन वितरण गर्दा उल्टो आफुहरुलाई मार परिरहेको टिप्णी गर्नु भयो । त्यस विषयमा पनि बेला बेलामा कुराहरु उठाईरहेको बताउनु भयो । पोख्रेलले संसदमा अहिले ति कुराहरु अध्यादेशमा लिएपनि विधेकमा ति कुराहरु विचाराधिन अवस्थामा रहेको बताउदै त्यस प्रति राज्यको ध्यान यथासिग्र जानु पर्ने आवश्यकता रहेको बताउनु भयो । अब बन्ने नयाँ सरकारले मिडियालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उहाँको भनाई छ । साथै उहाँले परिवर्तनको भुमिकामा नेपाली पत्रकारले खेलेको भुमिकालाई नजर अन्दाज गर्न नमिल्ने समेत बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष सन्तोष शर्माको स्वागत मनतब्य बाट शुरु भएको उद्घाटन कार्यक्रमको सन्चालन नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिब लोकेन्द्र चन्दले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, सुरक्षा निकायका प्रमुख प्रतिनिधी, महासंघ रोल्पामा आबद्ध साधारण सदस्य लगाएको उपस्थिती रहेको थियो ।
बुधबार नै भएको नेपाल पत्रकार महासंघ रोल्पाको बन्द सत्रमा सचिव लोकेन्द्र चन्दले प्रस्तुत गर्नु भएको सांगठनिक प्रगति प्रतिबेद र कोषाध्यक्ष उमा केसिले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदनलाई केहि सामान्य संसोधन समित केहि कुराहरु थपघट गर्दै सर्वसहमत पारित गरिएको थियो । पत्रकार महासंघको साधारण सदस्य भएका केहि पत्रकाहरु कति पेशा परिबर्तन गरेको र कतिपय निस्कृय अवस्थामा भएका पत्रकारलाई स—सम्मान बिदाई गरिने समते निणर्य साधारण सभाबाट पारित गरिएको समेत नेपाल पत्रकार महासंघ रोल्पाले जानकारी दिएको छ ।

   

प्रतिक्रिया दिनुहोस्

Array