Ad image

भुमिस्थान युवा क्लबको १३ औ बार्षिक उत्सव एक कार्यक्रमका विच उद्घाटन

मालश्री खबर
मालश्री खबर २८ मंसिर २०७९, बुधबार
3 Min Read
Aa

मालश्री खबर, मंसिर २८ गते, रोल्पा ।
रोल्पाको सुनिल स्मृती गाउपालिका वडा नँ ४ बाग्मामा रहेको भुमिस्थान युवा क्लवको १३ औ बार्षिक उत्सव हिजो मंसिर २७ गते एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

   
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिती मणिराम बुढाथोकिले यस क्लबले विभिन्न साँस्कृतीक, खेल क्षेत्रमा मात्र नभएर अन्य बिकास योजनाका कामहरुमा पनि आफ्नो नाम कमाएको हुनाले आफुहरुले यस क्लबलाइ सक्दो साथ दिने बताउनु भएको छ । उहाँले यस क्लवलाइ दर्ता गर्नमा पनि आफुहरुले सहयोग गर्ने बताउनु भयो । क्लबको हरेक कार्यमा स्थानिय सरकारको साथ र सपोर्ट सधै रहिरहने उहाँले बताउनु भयो । साथै उहाले कोइरालखर्क र बाग्मा जोड्ने मोटर बाटोको काम तिब्र रुपमा अगाडी बढाइ काम सम्पन्न गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।


उद्घाटन कार्यक्रममा बोेल्दै सोहि वडाका अध्यक्ष ओबिलाल बस्नेतले खेलकुद राष्ट्रको गहणा भएकाले यसलाई अझै संरक्षण र सम्बद्र्धन गर्नु पर्ने बताउनु भयो । स्थानिय स्तरमा क्लबले गरेका योगदानको प्रसंसा समेत ब्यक्त गर्नु भयो । बस्नेतले आगामी दिनहरुमा क्लबले समाजमा भएका विभिन्न खेलाडी, कलाकर्मीको पहिचान गर्ने र समाजमा हुने विभिन्न गतिविधिमा सक्रियताका साथ लाग्न समेत आग्रह गर्नु भयो ।


यस्तै उद्धघाटन कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष यज्ञ बुढाथोकीले अनुशासित ढंगले शान्तिपुर्ण वाताबरणमा क्लवको १३ औ बार्षिक उत्सब सम्पन्न गर्न सबैसंग आग्रह गर्नुभएको छ । उहाँले छिटो भन्दा छिटो जिल्लामा क्लब दर्ता गरि क्लबको भवण निमार्ण गर्नको लागि पहल गर्ने बताउनु भएको छ । उहाँले नाम मात्रको क्लब नभएर स्थानिय सरकारको एउटा हागाँ भएको समेत बताउनु भयो । समाजमा हुने गरेका बिकृती बिसंगतिलाइ निर्मुल पारेर समाज बिकासको लागि अगाडी बढने संस्था भएको बताउनु भयो । क्लवको बार्षिक उत्सबको उद्घाटनमा पाल्नुहुने गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, खेलाडि, खेल प्रेमी सबैमा धन्यबाद ब्यक्त गनुभएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य पुर्ण बहादुर सुनार, क्लवका भुतबुर्प अध्यक्ष जेवि बस्नेत बिरही, गाउँपालिकाका सदस्य रुपलाल महरा लगाएतले आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सन्चालन क्लबका कोषाअध्यक्ष कार्तिक बस्नेतले गर्नुभएको आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा हिजो आयोजक ए र सुस्मीता स्मृती युवा क्लब हरिगाउँ बिच मैत्रिपुर्ण खेल भएको थियो । साथै बिभिन्न सास्कृतीक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । मंसिर २७ गते बाट पौष २ गते सम्म चल्ने बार्षिक उत्सबमा पुरुष, महिला भलिबल प्रतियोगिता, घैटा फोर प्रतियोगिता, नृत्य प्रतियोगिता लगाएतका कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयोे ।

क्लबले आज विभिन्न समुह बिचको महिला तथा पुरुष भलिबल प्रतियोगितको खेल खेलाउने आयोजकले बताएको छ ।
गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको प्रमुख आथित्यता तथा क्लबका अध्यक्ष यज्ञ बुढाथोकीको अधयक्षतामा भएको उद्धघाटन कार्यक्रमको बिशिष्ट आथितीमा वडा अध्यक्ष ओविलाल बस्नेत रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array