Ad image

सुनिलस्मृति गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम तेबाङमा

मालश्री खबर
मालश्री खबर २७ मंसिर २०७९, मंगलवार
5 Min Read
Aa

सुनिलस्मृति गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सुनिलस्मृति गाउँपालिका वडा नं. ७ तेबाङमा कार्यक्रम सम्पन्न गरिएको हो ।

पालिका भित्रका सम्पुर्ण गाउँका समस्याहरु गाउँमै पुगेर सुन्ने र समाधान गर्ने उदेश्यले सुनिलस्मृति गाउँपालिकाले घुम्ति सार्वजनिक सुनुवाइ गर्ने नया कार्यको थालनि गरेको छ । प्रत्यक सार्वजनिक सुनुवाई फरक–फरक वडामा सम्पन्न गर्ने निर्णय गरेको गाउँपालिकाले सोहि निर्णयलाई कार्यन्वयन गर्नका लागि चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम तेबाङमा सम्पन्न गरिएको सुनिलस्मृति गाउँपालकाले जनाएको छ ।

तेबाङमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले विभिन्न शाखा प्रमुख, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा गाउँपालिका अध्यक्षलाई प्रश्न, प्रतिकृया तथा सकरात्मक सुझाव दिएका थिए । सुनिलस्मृति गाउँपालिका वडा नं. ७ तबाङमा विद्युत, खानेपानी, सडक पुर्वाधार, शिक्षा, नेट सेवा, जुतुङ खोलामा पुलको समस्या लगाएको समस्या राखेका थिए । गाउँका विभिन्न पसलहरु पनि अनुगमन गर्नु पर्ने, सम्पुर्ण विद्यालयहरुमा जंगफुड निषेधित क्षेत्र घोषणा गर्नु पर्ने, विद्यालय तथा वडा कार्यालयमा जनशक्तिको अभाव भएकाले ब्यवस्थापन गर्नु पर्ने, सम्पुर्ण विद्यालयहरुमा आइसिटिको स्थापना गरि प्रयोगमा ल्याउने बातावरण सृजना गर्ने, तेबाङमा उत्पादित सुन्तलालाई ब्राण्डिङ गरि बजारीकरणमा ध्यान दिनु पर्ने लगाएतका सुझाव समेत कार्यक्रममा सहभागिहरुले दिएका थिए । कार्यक्रममा उठेका जिज्ञासाको समाधान पालिकाका विभिन्न शाखा प्रमुख, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा गाउँपालिकाका अध्यक्षले गर्नु भएको थियो ।

प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलले सहभागिहरुबाट उठेको जिज्ञासाको समाधान गर्दै अहिले प्रथम चौमासिकमा कार्य सम्पादन गर्नका लागि योजना बनाउन समय लागेकाले भौतिक प्रगतिमा केहि गरे जस्तो नदेखिए पनि दोस्रो र अन्तिम चौमासिकमा प्रगति देखिने गरि काम गरिने बताउनु भएको छ । योजना सम्पन्न पश्चात भुत्तानि प्रकृयालाई यस पटक सरलिकृत गरि सजिलैसंग भुत्तानि गरिने उहाले बताउनु भएको छ । जनताको प्रश्न, आलोचना र सुझावको विचमा उभियर आफुहरु निखारिनका लागि सार्वजनिक सुनुवाई कार्यक्रममा जवाफदेहिता, पार्दशिता र शुसासन कायम गर्नका लागि उभिएको भन्दै आफ्नो समस्याहरु जुनसुकै बेला जहा पनि राख्न आग्रह गर्नु भएको छ ।

- Advertisement -
Ad image

गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीले आफुहरु जनताको गुनासो, पिर, मर्का, समस्या र अभाव सुन्नका लागि गाउँ–गाउँमा आएको बताउदै जनताले गाउँपालिकाले गरेको हरेक कार्यमा खबरदारी गर्नु पर्ने बताउनु भएको छ । काम गर्दै जादा कुनै–कुनै कुरा छुट्ने भएकाले त्यस्ता छुटेका, पालिकाको नजर नपुगका ठाउँमा सचेत नागरिकहरुले प्रश्न गर्न उहाले आग्रह गर्नु भएको छ । जनताको समस्या धेरै भएको र आफुहरुले जनताका ति समस्याहरुलाइ क्रमैसंग गाउँपालिकाले गर्ने गाउँपालिकाले, अन्य निकायहरुले गर्ने कामका लागि निरन्तर आफुले पनि दवाफ दिइरहने अध्यक्ष बुढाथोकीले बताउनु भएको छ । आफुहरु निर्वाचित भएर आएको छोटो समय भएको त्यसमा पनि संघ, प्रदेशको चुनाव र विभिन्न सास्कृति पर्वहरुका कारण देखिने गरि काम गर्न नपाएको भन्दै अब आउदा दिनहरुमा तिब्र गतिमा काम सम्पन्न गर्ने उहाले बताउनु भएको छ ।

कार्यक्रममा विभिन्न शाखाहरुले प्रथम चौमासिक सम्म सम्पन्न गरेका कार्यप्रगतिका बारेमा जानकारी गराएका थिए । सुनिलस्मृति गाउँपालिका प्रशासन शाखाका धर्मराज डाँगीकोले संचालन गर्नु भएको कार्यक्रमको सहजिकरण रेडियो मालश्रीका गणेश केसीले गर्नु भएको थियो । सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको अतिथीहरुमा सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेल, जिल्ला समन्वय समितीका सदस्य इन्द्रबहादुर रोका, नेपाली काँग्रेसका प्रतिनिधी रेमलाल विक, नेकपा एमालेका प्रतिनिधी रेगबहादुर घर्ती, नेकपा माओवादी केन्द्रका प्रतिनिधी टोपबहादुर रोका, राप्रपा नेपालका प्रतितिधी गमबहादुर रोका लगाएतको सहनु भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरु, सबै वडाका वडा अध्यक्षहरु, वडा सचिवहरु, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, आमा समुह, बाल क्लव, युवा, बुद्धिजिवी, समाजसेवि लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको अवसरमा कार्यपालिका सदस्य तुलसी सुनार, वडा नं. ३ का वडा अध्यक्ष दुर्गाबहादुर बिष्ट, ७ का वडा अध्यक्ष रेसम शर्मा, ८ का वडा अध्यक्ष धनबहादुर रोका, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेल, गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी लगाएतले मन्तब्य राख्नु भएको थियो ।

सुनिलस्मृति गाउँपालिका स्वास्थ्य शाखा संयोजक मोतिम आलमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो मालश्री, रेडियो सभ्यता र रेडियो लजलजालाले गरेका थिए । सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रमको उदेश्य, महत्व र औचित्यताका बारेमा गाउँपालिका प्रशासन शाखाका प्रमुख रणबिर बुढाले जानकारी दिनु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array