Ad image

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन क्रान्तिकारी रोल्पाद्धारा कृष्ण माबि घर्तिगाँउमा तालाबन्दी

मालश्री खबर
मालश्री खबर २४ मंसिर २०७९, शनिबार
3 Min Read
Aa

राजेश नेपाली/मंसिर २४, रोल्पा ।

विद्यालयले शिक्षा ऐन र नियमावली विपरित कार्य गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन क्रान्तिकारी रोल्पाले कृष्ण माबि घर्तिगाँउ रोल्पामा आफ्नो बिभिन्न मागहरु राख्दै अनिश्चित कालका लागी बान्दी गरेको छ । शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन क्रान्तिकारी रोल्पाले एक बिज्ञप्ति सार्बजनिक गरेर बिद्यालयमा ताला बन्दी गरेको जानकारी गराएको छ ।

संगठनका जिल्ला इन्चार्ज प्रदिप कुमार कवर र जिल्ला अध्यक्ष हरि बहादुर वली (चिन्तन) द्धारा सयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ । त्याग, समर्पण, बीरता, जेल, हिरासत, यातनाहरुको श्रृङखलाहरु पार गर्दै सहिदहरुको बलिदानबाट ठापित हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) नेपालको विद्यमान शैक्षिक विकृती जस्तै भ्रष्टचार, कमिशन खोर, शैक्षिक माफिया, चर्को शुल्क वृद्धि लगाएतका तमाम विकृती विरुद्ध अनवरत संघर्ष गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली प्राप्तीका लागि वकालत गर्दै आइरहेको सर्वविदितै छ ।

- Advertisement -
Ad image

यसै सन्दर्भमा माडी गा.पा. –२ घर्तीगाउँमा अवस्थित श्री कृष्ण माध्यमिक विद्यालयले शिक्षा ऐन र नियमावली विपरित निम्न प्रकारको कामहरु गरेका छन् । अंग्रेजी विषयमा स्नाकोत्तर पास भएको हुनुपर्ने विज्ञापन खोली स्नातक पास गरेको व्यक्तिलाई आन्तरिक रुपमा रुपमा नियुक्ती गरिएको छ । शिक्षक नियुक्ती गर्ने परीक्षामा विषय विशेषज्ञ बोलाउनु पर्छ तर निती नियमावली विपरीत गई आफु शिक्षा विषयमा स्थायी भए पनि अंग्रेजी विषयको विशेषज्ञ बनेको । विषय विशेषज्ञहरुको खर्च भनी नियुक्ती गरेको शिक्षक बाट पहिलो महिनाको तलब भत्ता कटौटी गरेको ।विद्यालयको सम्पूर्ण कागजात र आर्थिक कारोबार विद्यालयको लेखा कार्यालय बाट हुन्छ तर प्रअ ले लेखा कार्यालयको हस्तक्षेप गरी आफैले सम्पूर्ण कारोबार गर्दै आएको ।

विगतमा शिक्षक नियुक्ती गर्दा ३ महिने परिक्षण कालमा राखेको तर अहिले नियुक्ती गरिएको शिक्षकलाई परिक्षण काल नगराई पूर्ण त.भ दिइ शिक्षक माथि भेदभाव गरिएको । यस.इ.इ. उतिर्ण गरिसकेपछी प्राप्त गर्ने लब्धाङ्क पत्रको रु ६,सय सम्म प्राप्त गर्न सकिन्छ तर शिक्षा ऐन नियमावली विपरित गई रु ९ हजार सम्म लिइएको कुरा उल्लेख गरिएको छ ।

उल्लेख गरिएका सम्पूर्ण विषयलाई लिएर हामीले पटक–पटक सच्चाउन ध्यानआकर्षण गरे पनि विद्यालय प्रशासन र शिक्षा संग सम्बन्धीत नियकायहरु मुखदर्शक मात्र बनिरहेपछी हामीले विद्यालय प्रशासनमा अनिश्चित कालिन तालाबन्दी गरेका छौ । यथाशिघ्र यि विषयहरुलाई सामाधान नगरी अझै पनि वेवास्ता गरेको खण्डमा यो भन्दा उच्च स्तरको संघर्ष गर्न वाध्य हुने, र त्यसबाट उत्पन्न हुने जस्तोे सुकै प्रस्थितीको जिम्मा सम्बन्धीत विद्यालयले लिनुपर्ने विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array