Ad image

लैंगिक हिंसा तथा बालविवाह न्यूनिकारण सम्बन्धि जनचेतना मुलक सडक नाटक लिवाङमा प्रदर्शन

मालश्री खबर
मालश्री खबर २३ मंसिर २०७९, शुक्रबार
2 Min Read
Aa

उमा बस्नेत,मंसिर २३, रोल्पा । लैंगिक हिंसा तथा बालविवाह न्यूनिकारण सम्बन्धि जनचेतना मुलक सडक नाटक लिबाङको टुडिखेलमा प्रदर्शन गरिएको छ । सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ लैंगिक हासा विरुद्धको १६ दिने अभियान अन्तर्गत उक्त सडक नाटक गरिएको हो ।

  

यु एन एफ पिए रोल्पाको आर्थिक सहयोगमा र भि एस ओ, समुदाय प्रहरी साझेदारी, द्धन्द्ध पीडित महिला राष्ट्रिय सञ्जाल, मधेस मानव अधिकार गृह (माहुरी होम) रोल्पाको आयोजनामा उक्त नाटक प्रदर्शन गरीएको हो । सडक नाटकमा विशेष गरी लैंगिक हिंसा र बालविबहा गर्न नहुने, कम उमेरमा विबहा गर्दा हुने असर, आमा र बच्चामा कस्तो असर हुन्छ, बच्चाको पोषण स्थिति कस्तो हुन्छ भन्ने लगाएतका सन्देश समेटिएर प्रदर्शन गरिएको थियो ।

- Advertisement -
Ad image

सडक नाटकको माध्यम बिहेबारी २० बर्ष पारी गर्नु पर्छ र यदि कसैले २० बर्ष भन्दा कम उमेरमै विहे गर्दछ भने बिहे गर्ने र गराउने दुबैलाई दुई बर्ष सम्म कैद र ३० हजार सम्म जरीवाना हुने बताईएको थियो । जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी, सुनछहरी कलाकेन्द्रका विभिन्न कलाकारहरुको संयुक्त टोलीले नाटक प्रदर्शन गरेको आयोजकले बताएको छ ।

नेपालमा अझै पनि लैंगिक हिंसा र बालविबहाको समस्या रहेकाले त्यसको रोकथामको लागि सडक नाटक आयोजना गरीएको माहुरी होम रोल्पाका जिल्ला सुपरभाइजर लोकेन्द्र सेनले बताउनु भयो । महिला हिंसा विरुद्धको नारामा भएको अभियानलाई बास्तबिकतामा ल्याई परिवर्तन गर्न यस सडक नाटकले थप सहयोग पुग्ने सेनले बताउनु भयो ।

सडक नाटकमा सदरमुकामका विभिन्न व्यक्तित्व, जिल्ला स्थित राजनितिक दल, महिला अधिकार कर्मि, सुरक्षाकर्मि लगाएत आम जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array