Ad image

बैदेशिक रोजगारीमा जान लघुवित्तबाट ऋण लिएको पैसा चोरी

मालश्री खबर
मालश्री खबर २२ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

मालश्री खबर,मंसिर २२, रोल्पा ।

बैदेशिक रोजगारीमा जानकोलागि लघुवित्तबाट लिएको पैसा चोरी भएको छ । गंगादेव गाउँपालिका वडा नम्बर ७ आरखोला बस्ने चन्द्रबहादुर बिकको घरमा २० गते रातको समयमा रु ८७ हजार चोरी भएको हो । घरमा कोहि नभएको मौका छोपि घरमा लगाएको ताला र बाकासको ताला तोडि उक्त पैसा चोरी भएको छ ।

केहि समय अगाडि मात्र बिकले रोल्पाा जिल्लाको घर्तिगाउँमा रहेको विजय लघुवित्त वित्तिय संस्थाबाट रु २ लाख ८० हजार ऋण लिनु भएको थियो । ८७ हजार बाहेक अन्य पैसा खर्च भएको बिकले बताउनु भयो । बिक मेडिकल चेक जाँचको लागि काठमान्डौ जानु भएको थियो । उहाँकी श्रीमति दाङ जानु भएको र घरमा भएका बालवालिका पनि आफन्तिकोमा गएको मौका छोपि उक्त रकम चोरी भएको थ्रि स्टार प्रतिभासिल युवा क्लबका अध्यक्ष धन विर बिकले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

बिदेश जाना लिएको पैसा चोरी हुदा बिक निकै दुखि हुन भएको छ । पैसा कसले चो¥यो भन्ने पत्ता लाग्न सकेको छैन् । चोरको स्थानिय बासीले खोजि कार्यगरीरहेको र आज बेलुका सम्म पनि पत्ता नलागेमा प्रहरी प्रशासनलाई खबर गर्ने धनविर बिकले बताउनु भयो । यस भन्दा अगाडि पनि सोहि वडामा किृति प्रकाश वलीको घरमा नगद रु २५ हजार र अन्य गरी रु ५० हजार बराबरको चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array