Ad image

न्यायीक समितिले विभिन्न मुद्दाहरु हेर्ने तथा मेलमिलाप गर्ने कार्यहरु गरिरहेको छ -उपाध्यक्ष मिना थापा

मालश्री खबर
मालश्री खबर २१ मंसिर २०७९, बुधबार
3 Min Read
Aa

उमा बस्नेट / मालश्री खबर,मंसिर २१, रोल्पा ।

  1. न्यायिक समितिले विभिन्न मुद्दाहरु हेर्ने तथा मेलमिलाप गर्ने कार्यहरु गरिरहेको सुनिल स्मृति गाउँपालिकाकी उपाध्यक्ष मिना थापाले जानकारी दिनु भएको छ । रेडियो कार्यक्रम जनतासँग सुनिलस्मृति गाउँपालिका कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले यस्तो कुरा बताउनु भएको छ । न्यायिक समितिमा विशेष गरी ठेक्कापट्टा, व्यक्तिगत लेनदेनका विषयमा भएका विबादहरुमा निबेदन आउने गरेको उहाँले बताउनु भयो ।

व्यक्तिगत समझदारीमा लेनदेन गर्ने र ति कार्य गरेपश्चात सहमति अनुसार लेनदेन फिर्ता नगरेपछि न्यायिक समिती सम्म त्यस्ता समस्या आउने गरेको उहाँको भनाई छ । ति कार्यहरुलाई पछिल्लो समय न्यायिक समितिको रोहवरमा समाधान गरेको थापाले बताउनु भयो । लैंगिक हिंसाको विषयमा कुराकानी गर्दै उपाध्यक्ष थापाले अझै पनि पित्री सतात्मक देश भएको हुनाले कति महिलाहरुले आफ्नो पिडालाई बाहिर ल्याउन नसकेको हो भन्ने उहाँले निक्र्यौल छ ।

थापाले लैंगिक हिंसाको १६ दिने अभियान मनाउने क्रममा पालिका भित्र विभिन्न कार्यक्रमहरुको आयोजना गरी त्यस मार्फत सबैलाई सचेत र शन्देश दिएको बताउनु भयो । पालिकाले यस अबसरमा लैंगिक हिंसा र बाल विवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम, यसै संग सम्बधित बक्तृत्वकाला प्रतियोगीता कार्यक्रम गरेको र विभिन्न विद्यालयका किशोर किशोरीहरुको विचमा वक्तृत्वकला प्रतियोगिता गर्ने बताउनु भयो । साथै उहाँले लैंगिक हिंसामा महिला मात्र नभएर कतिपय पुरुषहरु पनि हिंसामा पर्ने गरेको उहाँको भनाई छ ।

सुनिलस्मृती गाउँपालिकामा अहिलेको अवस्थामा लैंगिक हिंसा सम्बन्धी खासै निवेदन नआएको थापाले बताउनु भयो । साथै उपाध्यक्ष थापाले अहिले पुरुषले महिलालाई दबाएर राख्ने, विभिन्न कार्यक्रममा पुरुष मात्र सहभागी हुनु पर्छ भन्ने मान्यता राख्ने र महिलाले महिलालाई नै हेप्ने प्रवृत्ति हाबी भएको बताउनु भयो । यदि पालिका भित्र त्यस्ता हिंसामा परेको जो कोही हुनुहुन्छ भने आफ्नो पिडालाई निर्धक्कका साथ नडराई आफ्ना कुराहरु न्यायिक समितिमा आएर राख्न समेत आग्रह गर्नु भएको छ । पछिल्लो समय बहुबिबाहका घटनाहरु समस्याकै रुपमा देखिएको उहाँको भनाई छ । अहिले पालिकामा कोही श्रीमानहरु परस्त्रीसँग लाग्ने र घर परिवालाई नहेर्ने र कोही श्रीमतीहरु परपुरुषसँग लागेर धेरैको परिवार विचल्लीमा परिरहेको समे बताउनु भयो ।

- Advertisement -
Ad image

पालिकामा बालविबहको केही घटनाहरु छिटपुट रुपमा देखिरहेको बताउनु भयो । सबै नागरीक सचेत भएकाले पहिलेको जस्तो बालविबहा नहुने भएपनि अझै पनि सचेतनाको अभावले त्यस्तो समस्या पालिकामा कहि कतै देखिने गरेको थापाले बताउनु भयो । साथै थापाले अहिले बालविबाह न्यूनिकरणका लागी विभिन्न सञ्चार माध्यम, बालक्लब, किशोर किशोरी सञ्जाल, विभिन्न संघ संस्थासँग समन्वय गरेर अभिभाक र किशोर किशोरीहरुलाई शन्देश मुलक जानकारी दिइरहेको बताउनु भयो । यस्ता कार्यक्रमहरुबाट बालविबाहलाई पुर्ण रुपमा हटाउने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array