Ad image

महेन्द्र मावि होलेरीद्वारा सामाजिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत

मालश्री खबर
मालश्री खबर २० मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

कमल खड्का / मालश्री खबर,मंसिर २०, रोल्पा ।
रुन्टिगढी गाँउपालिकाको होलेरीमा रहेको महेन्द्र माविले अभिभावक भेला ,सामाजिक प्रतिबेदन तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरेको छ । २०७८ साउन १ गते देखि २०७९ असार मसान्त सम्मको वार्षिक प्रतिबेदन एक कार्यक्रमका बीच प्रस्तुत गरेको हो ।वार्षिक प्रतिबेदनमा समग्र विद्यालयको आर्थिक भौतिक शैक्षिक अवस्थाका बारेमा स्पस्त पारेका थिए । वार्षिक प्रतिबेदनमा सामाजिक प्रतिबेदन सोही विद्यालयका शिक्षक गोकुल प्रसाद के सी ले र आर्थिक प्रतिबेदन सोही विद्ययालका प्रअ बेदान्त सूर्यवंशी प्रस्तुत गरेका हुन ।

त्यसैक्रममा नियमित विद्यालय हाजिर भएर पठन पाठन गराएको सन्दर्भमा सोही विद्यालयका शिक्षक राजेन्द्र चन्दलाई विदालयले समान समेत गरेको छ । कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिका अध्यक्ष पुनले शिक्षाको अवस्था सुधार गर्न आ आफ्नो तर्फबाट लागि पर्नु पर्नेकुरा उल्लेख गर्दै गाउँपालिका बाट हुने सहयोगमा आफु सकारात्मक भएको कुरा बताएका छन ।

- Advertisement -
Ad image

शिक्षक कुलराज आचार्यको स्वागत मन्तब्य सुरु भएको कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पुन, प्रमुख अतिथीमा गाउँपालिका अध्यक्ष जनक पुन, अतिथीहरु शिक्षा शाखा प्रमुख अन्जु शर्मा,शिक्षक अभिभावक संघका अध्यक्ष राम बहादुर रेउले, प्रअ बेदान्त सूर्यवंशी, तारा डागी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array