Ad image

लुङ्ग्री गाउँपालिकाले दियो, २१ गते सार्वजनिक विदा

मालश्री खबर
मालश्री खबर १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

मालश्री खबर,मंसिर १९, रोल्पा ।
लुङ्ग्री गाउँपालिकाले मंसिर २१ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंसिर २१ गते पूर्णिमाको दिन गाँउपालिकाका सबै भन्दा ठुलो बराह लाग्ने भएको हुनाले सोहि अवसरमा सार्वजानिक बिदा दिने निर्णय गरेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बुढाले जानकारी दिनु भएको छ ।

लुङ्ग्री गाँउकार्यपालिकाको मंसिर ११ गते बसेको कार्यपालिकाको बैठकले उक्त सार्वजनिक विदा दिने निर्णय गरेको बताइएको छ । गाँउपालिकाले सोमबार एक सूचना जारी गर्दै वराह मेलाको अबसरमा मंसिर २१ गते बुधबार एक दिन सार्वजनिक विदा दिने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array