Ad image

अपांगता भएकालाई स्थानिय सरकारले विषेश ध्यान दिनु पर्छः अपांग कल्याण समाज नेपाल रोल्पाका अध्यक्ष दिनेश आचार्य

मालश्री खबर
मालश्री खबर १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa


विनोद श्रेष्ठ, मंसिर १८, रोल्पा । अपांगता भएकालाई स्थानिय सरकारले विषेश ध्यान दिनु पर्ने अपांग कल्याण समाज नेपाल रोल्पाका अध्यक्ष दिनेश आचार्यले बताउनु भएको छ ।अपांगता भएका ब्यक्तिहरुको लागि शिक्षा, स्वास्थ्य, रोजगार लागाएतका काममा स्थानिय सरकारले चासोका साथ हेर्नु पर्ने उहाँको धारणा छ । रेडियो मालश्री संम्बाद कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै आचार्यले स्थनिय निकाएले अहिले परिचय पत्र, वडा कार्यलय हरु बाट छात्र बृत्ति, मासिक भत्तामात्र बितरण गरेको बताउदै उहाले गाँउ गाउँमा गएर अपांगता भएका ब्यक्तिहरुलाइ परिचय पत्र बितरण गर्ने, घुम्ति सिबीर गर्ने, वडा वडाम गएर जनचेतना फैलाउने, समस्याहरु के छन बुझ्ने, समस्याको समाधान गरिदिने कार्यक्रमहरु लैजान नसकेको बताउनु भयो ।

अपांगता भएका व्यक्तिहरुको लागि विषेश योजाना नबनाएको उहाँको भनाई छ । साथै आचार्यले रोल्पा नगरपालिकामा बिभिन्न प्रकृतिका २२७ जनाले परिचय पत्र बनाएको बताउनु भयो ।

 

- Advertisement -
Ad image

कुन कुन ठाउँमा कुन कुन पालिकामा अपांगता भएकाहरुको सख्या कति छन भन्ने यकिन तत्थ्यांक नहुदा कार्य योजना गर्दा समस्या हुने बताउनु भयो । प्रत्यक वडामा पालिकामा कस्ता प्रकृतिका अपागँहरु छन सबकोै डाटा अथवा तत्थ्यांक भएमा कार्ययोजना बनाउन सजिलो हुने बताउनु भयो ।

उहाँले जिल्लामा सार्बजनिकरुपमा गरिने कामहरु जस्तो रंगशाला, जिमखाना खेलकुदमा अपांग मैत्रि बनाइदिए अपांगलाई सजह हनु उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array