Ad image

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान रुन्टीगढी गाउँपालिकामा सुरु

मालश्री खबर
मालश्री खबर १७ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

कमल खड्का / मंसिर १७,रोल्पा ।
अन्टराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान रुन्टीगढी गाउँपालिकामा सुरु भएको छ । “सभ्य समाजको पहिचान लैङ्खिक हिंसा विरुद्धको अभियान”भन्ने मुल नाराका साथ आज रुन्टीगढी गाउँपालिकाबाट अभियान सुरु भएको हो ।

रुन्टीगढी गाउँपालिकाको प्रांङ्खणबाट सुरु भएको प्रभातफेरी होलेरी बजार परिक्रमा गरी होेलेरीको जुर्नेतामा गई कोण सभामा परिनत भएको थियो । “महिला हिंसा विरुद्धको १६ दिने अभियान सफल पारौ” “मेरो शरिर मेरो अधिकार” “वाल विवाह अन्त्य गरौ”,“हिंसा मुक्त समाजको निर्माण महिला र बालबालिकाको अधिकार”,“छोरा छोरी बराबरी”,“लैङ्गिक हिंसा रहित समाज निर्माण”,“ लैङ्गिक हिंसा कानुनी अपराध हो” जस्ता नारा लेखेका पेले कार्ड बोकेर बजार परिक्रमाभएको हो ।

 

- Advertisement -
Ad image

रुन्टीगढी गाउँपालिका रोल्पा,पोषण सुधार परियोजना, गोल परियोजना,रुदास नेपाल,समुन्ति परियोजना र समुदाय प्रहरी साझेदारीको आयोजनामा रुन्टीगढी गाउँपालिकाको होलेरीमा ¥यालीसहित कार्यक्रम गरि अभियान सुरुवात गरिएको छ । प्राभातफेरि कार्यक्रम रुन्टीगढी गाउपालिका उपाध्याक्ष सरिता केसी को अध्यक्षतामा भएको थियो । यो अभियान हरेक वर्ष नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिख सम्म मनाउने गरिन्छ । रुन्टीगढी गाउँपालिकाको प्राङ्खणमा बेलुकी ५ बजे पालिका अध्यक्ष जनक पुनद्वारा दिप प्रज्वलन गरेर उद्घाटन गरिएको रुन्टिगढी गाँउपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array