Ad image

रुन्टीगढीमा अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा साहेक सामाग्री वितरण

मालश्री खबर
मालश्री खबर १७ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

कमल खड्का / मंसिर १७,रोल्पा ।

मङ्सिर १७ रोल्पा, ३१ औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सचेतना तथा सामाग्री वितरण कार्यक्रम रुन्टीगढीमा सम्पन्न भएको छ। “समाबेशी विकासका लागि रुपान्तरित सामाधान पहुँचयूक्त र समतामूलक विश्वका लागि उर्जावान सृजनशीलताको प्रावधान” भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

दिवसको अवसरमा ४० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई साहेता तथा शिव क्षमताका लागि साहेत समाग्रीहरु हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले अपाङ्गता भएका ब्यक्तिलाई पनि उनीहरुको अवस्था र क्षमाता हेरेर समान अवसर दिए सपाङ्ग सरह काम गर्न सक्ने र राज्य संञ्चालमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

- Advertisement -
Ad image

 

कार्यक्रम रुन्टीगढी गाउँपालिकाको आयोजना तथा गोल टु परियोजना, प्रक्याप परियोजना, पोषण सुधार परियोजना र समुन्ती परियोजनामा भएको थियोे । कार्यक्रम रुन्टीगढी गाउँपालिका अपांङ्ग संघका अध्यक्ष शंकर पुनको अध्यक्षता र रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतित्यथामा भएको रुन्टिगढी गाँउपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्