Ad image

३१ औं अन्तराष्ट्रिय अपांगता दिबस रोल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइयो

मालश्री खबर
मालश्री खबर १७ मंसिर २०७९, शनिबार
2 Min Read
Aa

बिनोद श्रेष्ठ, मंसिर १७,रोल्पा । आज डिसेम्बर ३, २०२२ अर्थात ३१ औं अन्तराष्ट्रिय अपांगता दिबस । यस बर्षको नारा “ सममाबेशी विकासका लागि रुपान्तरणमुखी उपायहरु र पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन ” भन्ने रहेको छ । यस पटकको विश्व अपांगता दिवसमा आपांगता भएका व्यक्तिहरुको मर्यादा, अधिकार र कल्याणका लागि अपांगतासम्बन्धी मुद्दाहरुको बुझाईलाई प्रबद्र्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ ।

रोल्पा नगरपालिकले पनि अन्तराष्ट्रिय अपांगता दिबस विभिन्न कार्यक्रम गरी मनाएको छ । नगरपालिकाले वडाका १० वटै पालिकामा अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । रोल्पा नगरपालिकाकी उप्रमुख गिता आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको नागरपालिकाकी प्रेस संयोजक देवी गुरुङले जानकारी दिनु भयो ।

 

- Advertisement -
Ad image

यसैगरि सोहि कार्यक्रम सुनिल स्मृती गाउँपालिका वडा नम्बर २ खुग्रिमा पनि सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिती बुढाथोकिले अपागँ भएका हरुलाइ पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भयो । अपागँ भएका ब्यक्तिहरुको घर घरमा पनि उनिहरुको रुचि इच्छामा बिशेस जोड दिनु पर्ने समेत बताउनु भएको छ । कार्यक्रममा रुडास नेपाल, पास नेपालले अपागँ भएका ब्यक्ति भिम बहादुर गिरी, उदयराम पुरी, केशब गीरी, कर्ण बहादुर गीरी, तिलक राम पुन, लुमे गिरी, सरोज केसि, रन्जिता सुनार, हिम बहादुर बिष्ठ, मनि विक र भुमा विकलाइ हेयल चियर, बैशाखी लाठ्ठी प्रदान गरिएको छ ।

सुनिल स्मृति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष नेत्रबहानुर गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी रहनु भएको थियो भने उपाअध्यक्ष मिना थापाको बिशिष्ट आथित्यता रहेको थियो । वडा सदस्य हिमा बिष्टको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रमको सन्चालन वडा सचिब पुस्कर भारतीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array