Ad image

नेपाल विद्यालय कर्मचारी परिषद रोल्पाको प्रथम जिल्ला अधिवेसन सम्पन्न, अधिवेसनबाट २७ सदस्यीय जिल्ला कार्यसमिति गठन

मालश्री खबर
मालश्री खबर १७ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

उमा बस्नेत, मंसिर १७,रोल्पा । नेपाल विद्यालय कर्मचारी परिषद रोल्पाकोको प्रथम जिल्ला अधिवेसन आज सम्पन्न भएको छ । उद्योग वाणिज्य महासंघको हलमा बिहाना १० बजेबाट उक्त भेला भएको आयोजकले बताएको छ । प्रथम जिल्ला अधिबेशनबाट किरण प्रकाश वलीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा सम्फा घर्ति र कृष्णबहादुर वुढाथोकी, सचिवमा गोविन्द डाँगी, सहसचिवमा शिवकुमार घर्ति, कोषाध्यक्षमा टेकेन्द्रबहादुर खड्का लगाएत अन्य सदस्य रहेका छन् ।

विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा तथा हक हितको लागि सधै एक्यवद्ध भएर लाग्ने नेपाल शिक्षक महासंघककी जिल्ला सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएकी भगवती मल्लले बताउनु भएको छ । राज्यको दृष्टिकोणबाट पछाडि पारीएको र पुरानो शिक्षा ऐन २०२८ को शिक्षा ऐन अनुसारनै शिक्षण संस्थाहरु सञ्चालन भएको कार्यक्रमका अतिथी नेपाल अखिल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष भुपबहादुुर केसी ले बताउनु भएको छ साथै केसीले उक्त ऐनले युग सुहाउदो शैक्षिक आवश्यकता र उपलब्धि पु¥याउन नसकेकाले शिक्षासंग सरोकार राख्ने निकायले त्यस तर्फ ध्यान आग्रह समेत गर्नु भयो ।

- Advertisement -
Ad image

चन्द्रबहादुर बुढाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन परिषदका सहसचिब शिवकुमार घर्तिले गर्नु भएको परिषदका नवनिर्वाचित अध्यक्ष किरण प्रकाश वलीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array