Ad image

गरिबी निबारणका लागि ग्रामिण लेखाजोखा सम्बन्धि अभिमुखिकरण कार्यक्रम तिलामा सम्पन्न

मालश्री खबर
मालश्री खबर १६ मंसिर २०७९, शुक्रबार
2 Min Read
Aa

गरिबी निबारणका लागि ग्रामिण लेखाजोखा सम्बन्धि अभिमुखिकरण कार्यक्रम तिलामा सम्पन्न भएको छ । रोल्पाको त्रिबेणी गाउँपालिका वडा नं. ७ तिलामा कार्यक्रम सम्पन्न भएको हो ।

त्रिबेणि गाउँपालिकाको आयोजनामा उक्त एक दिने अभिमुखिकरण सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । त्रिवेणि गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाठाँ मगरको प्रमुख आथित्यतामा सम्पन्न भएको अध्यक्षता त्रिवेणि गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष भानबहादुर घर्ति मगरको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा त्रिवेणि गाउँपालिका उपा–ध्यक्ष लेखमणि डागिँको बिशिष्ठ आथित्यता रहेको थियो । किार्यक्रममा ४० जना महिला र ३१ जना पुरुष गरि ७१ जनाको सहभागिता रहेको आयोजकले बताएको छ । गाउँपालिका भित्रका नागरिकहरुको आर्थिक स्तिथीमा बृद्धी गर्न, स्थान विशेष, न्युन लगानिमा कसरी ब्यवसाय सन्चालन गर्न सकिन्छ भनि बस्ति छनोट गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष बाँठाले अहिले ब्यवहारीक सिपको खाँचो भएको र आफुले सिकेका कुरा ब्यावहारमा उतारेर ब्यवसाय गर्न सके आर्थिक अवस्था उठाउन सकिने बताउनु भएको छ । आफ्नो हातमा कुनै न कुनै सिकेपछि कसैको चाकडी वा नोकरी गर्न नपर्ने बताउनु भएको छ ।

- Advertisement -
Ad image

यस्तै खालका तालिम, अभिमुखिकरण कार्यक्रम तथा गोष्ठिहरुमा सिकेका सिपलाई आफुले प्रयोग गर्दै जाने हो भने आत्मनिर्भर बन्न सकिने बताउनु भएको छ । तालिमको सहजिकरण उद्यम बिकास सहजकर्ता दिपा बुढामगर र सारदा डागीँले गर्नुभएको गाउँपालिकाले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्